Comments Add Comment

सोमबारका छापाका मुख्य समाचार

सवैजसो दैनिक पत्रिकाले एमाले महाधिवशेनलाई नै मूख्य समाचार बनाएर समाचार छापेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले एमाले धनाढ्यको पोल्टातिर जान लागेको समाचारलाई मूख्य पृष्ठमा छापेको छ ।

यस्तै आत्मसमीक्षा गर्दै सर्वोच्चका न्यायाधीश शीर्षकमा पहिलो पृष्ठमै समाचार छापेको छ । यसैगरी एमाअेावादी अध्यक्ष प्रचण्डले नेता वावुराम भट्टराईलाई पार्टीमा मिलेर बस्न नसक्ने हो भने पार्टी फुटाउने वा मिलाउने विकल्प दिएको समाचार छापेको छ ।

यसैगरी टोली नेता छान्न पनि निर्वाचन शीर्षकमा राजधानी दैनिकले मूख्य समाचार छापेको छ । यसैगरी एमालेको महाधिवेशन हेर्न आफ्नै खर्चमा कार्यकर्ताहरु रोपाइँ छोडेर काठमाडौँ आएको समाचार राजधानी दैनिकले छापेको छ ।

यस्तै नयाँ पत्रिका दैनिकले इलजासै रोकेर सर्वोच्चका न्यायाधीश धुलिखेलमा गएको समाचारलाई मूख्य समाचार बनाएको छ । यस्तै एमाले महाधिवेशनमा टोलीको नेता छान्न चुनाव भएको समाचारलाई मूख्य पृष्ठमा छापेको छ ।

यसैगरी नागरिक दैनिकले खनाल नेपालतिर, संयुक्त प्यानल बनाउन सहमति शीर्षमा समाचार छापेको छ । यस्तै सुरक्षा कारण देखाउँदै खाडी मुलुकमा महिला कामदार पठाउन रोक लगाएको सरकारले त्यससम्बन्धि अध्ययन समितिले प्रतिवेदनमा छलफल नै नगरी एकाएक खुला गर्ने निर्णय समाचार पहिलो पृष्ठमै छापेको छ ।

annapurna

karobar

nagarik

nayapatirka

rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment