Comments Add Comment

सन् २०५० को विश्वकप मंगल ग्रहमा !!!

अहिले खेलकुद एक विज्ञान बनेको छ, जहाँ प्रविधिले निकै महत्वपूर्ण भूमिका निभाइरहेको छ । थ्री डी पि्रन्टेड ट्रेनर्सको कुरा गरौँ वा विशेष तबरबाट बनाइएका उपकरणको कुरा गरौँ खेलाडिका हरेक गतिविधिको आँकडा विश्लेषण गर्न सक्षम छन् ।

ओलम्पिक प्रतियोगितामा प्रविधि भित्राउने कम्पनी अटसका मुख्य प्राविधिक अधिकारी जी लिडबेटरका अनुसार भविष्यमा फुटबल प्रतियोगितामा तथ्यांकको भूमिका झनै बढ्नेछ ।

उनका अनुसार अब हामी यस्तो स्थितिमा पुग्नेछौँ जहाँ खेलाडिका लुगा तथा जुत्तामा राखिने मनिटरले मैदानका हरेक प्रकारका तथ्यलाई दर्शक दिर्घामा रहने प्रशिक्षक सम्म पूराउनेछ ।

Robo

प्रशिक्षक एलेक्जान्द्रे डा सिल्भा सिमोन्स रोबो कप प्रमुख हुन् जसले वर्षेनी रोबोटको फुटबल प्रतियोगिता आयोजना गर्छ । उनका अनुसार भविष्यमा खेलको मैदानमा रोबोट हुनेछ, तथापि त्यो रोबोटले खेलमै भाग नलिन पनि सक्छ ।

सन् २०५० मा पूरै मानिसकै जिउडालको स्वचालित रोबोटको एक टोलीले साँच्चीकै विश्वकप फुटबल प्रतियोगिता जित्ने विश्वविजेता देशको टोलीसँग प्रतिस्पर्धात्मक फुटबल खेल खेल्नेछ । उक्त काल्पनिक म्याचबारे उनको भविष्यवाणी छ की, त्यो प्रतियोगिता विश्वविजेता टोलीले नभै रोबोटले जित्नेछ ।

‘………..र सन् २०५० को विश्वकप फुटबल आयोजनाको जिम्मा मंगल ग्रहलाई दिइएको छ ।’

यो निकै अविश्वसनीय लाग्छ । तर यदि भविष्यमा अन्तर ग्रहीय प्रतिस्पर्धाको आयोजनाका बारेमा वैज्ञानिकहरुले पछिल्लो सुझाव कार्यान्वयन भयो भने त्यो असम्भव हुनेछैन ।

Robo2

कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न दिने निर्णयमाथि पछिल्ला दिनहरुमा विवाद चर्किन थालेको छ । यस्तोमा केही मानिसहरुले अन्तरीक्षमा फुटबल प्रतियोगिता आयोजना गर्ने कुरा गरेर कतारको विवादबाट मानिसलाई बाहिर तान्ने कोसिस गरेका होलान् ।

मानिसहरुलाई लाग्न सक्छ यदि मंगल ग्रहमा खेल आयोजना गरियो भने कतार भन्दा अतिकति मात्र गर्मी बढि हुनेछ ।

फिफा अध्यक्ष सेप ब्लाटर निकै तिब्र गतिमा बदलिएको प्रविधिका कारण फुटबल तथा अन्य खेलको स्वरुप भविष्यमा कस्तो होला भन्ने चिन्तामा छन् । र सन् २०५० को विश्वकप फुटबलको स्वरुप कस्तो होला ?

यसमा सन्देह छैन की खेलमा मानिसको प्रदर्शन राम्रो भैरहेको छ । यदि २०१२ को ओलम्पिक म्यारथनका विजेताले सन् १९०४ को दौडमा भाग लिएका भए उनी झण्डै डेढ घण्टाको फरकमा विजयी हुने थिए । त्यस्तै सन् १९३६ मा स्वर्ण पदक जित्ने जेसी ओबेन्सले सन् २०१२ को १०० मिटर दौडमा भाग लिएका भए उनी उसैन बोल्ट भन्दा १४ मिटर पछाडि हुन्थे ।

खेलाडीहरुलाई जिपिएस प्याकको मद्दतले एक डेटा नेटवर्क सँग आबद्ध गराउने प्रविधि भित्रिइसकेको छ । यसले धेरै आँकडा संकलन गर्छ, जसमा खेलाडिको मुटुको गति, तापमान तथा दौडको गति आदि । रग्वी प्रतियोगितामा यो प्रविधिको प्रयोग गरिसकिएको भएपनि फुटबलमा भने यो प्रतिबन्धित छ । तर खेल विश्लेषक, वैज्ञानिक तथा पूर्व खेलाडिहरु समेत खेलमा प्रविधिको प्रयोगले खेल प्रशंसकहरुमा जिवन्त अनुभव प्रदान गर्ने दाबी गर्छन् ।

अहिले ब्राजिलमा चलिरहेको विश्वकपमा समेत विभिन्न प्रविधिहरु जस्तै गोल लाइन सेन्सर, हिट बन्डेड फुटबल तथा पि|m किकका बेला म्याच रेप|mीद्वारा प्रयो गर्ने स्प्रे आदि ।

त्यसो भए के अब भविष्यको विश्वकप फुटबल पनि रोबोट प्रतियोगिता जस्तै हुन्छ त ? वैज्ञानिकका अनुसार खेलाडिहरुलाई सुपर म्यान बनाउने प्रविधि त उपलब्ध छ तर यसको प्रयोगमा सांस्कृतिक स्विकार्यताको प्रश्न उठ्छ । के फुटबल पनि फर्मुला वान जस्तो मानिसलाई भन्दा कारलाई बढि महत्व दिने खेलजस्तो बनाउने ?

रोबोकप प्रमुखका अनुसार सन् २०५० मा फुटबल खेलमा कम्तिमा रेफ्रिको भूमिकामा मानिस हुने छैन । उनका अनुसार मानिसले केवल अटोम्याटिक रोबोट रेफ्रिको सुपरभाइजरको भूमिका निर्वाह गर्नेछ, यस्तो अटोम्याटिक रेफ्रि एक सफ्टवेयर समेत हुन सक्नेछ ।

बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment