+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाग्लुङ काँडेवासको उच्च माविका लागि पूर्व बिद्यार्थीले संकलन गरे ९ लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते २१:३६

photo 1 बाग्लुङको काँडेवासको जनजागृति उच्च माविका पूर्व बिद्यार्थीहरुले इ–लाइब्रेरी स्थापनाका लागि नौ लाख रुपैयाँ संकलन गरेका छन् ।

डेनमार्कमा बसोबास गरिरहेका सोमनाथ सापकोटाको अग्रसरतामा सुरु भएको अभियानमा बिभिन्न मुलुकमा रहेका पूर्व बिद्यार्थीहरुले लाइब्रेरी स्थापनाका लागि रकम संकलन अभियानमा सहभागिता जनाएका छन् ।

आफुले पढेको बिद्यालयका लागि केही गर्ने उदेश्यसाथ यो अभियान चलाएको सापकोटाले बताए । ‘सवै स्कूलका पूर्व बिद्यार्थीले यसरी नै अभियान चलाए भने मुलुकभरका धेरै बिद्यालयले स्तरबृद्धि गर्ने अबसर पाउने रहेछन’ सापकोटाले भने– एक हप्ताभित्रै साथीहरुले उत्साहजनक सहभागिता जनाएपछि म उत्साहित भएको छु ।’ उनले १२ लाख रुपैयाँ उठाउने लक्ष्य रहेको बताए ।

ई लाइब्रेरी स्थापनाका लागि जापानबाट अर्जुन सापकोटाले ७५ हजार, डेनमार्कबाट सोमनाथ सापकोटाले ५० हजार, कुवेतबाट हिरा दर्लामी, बेलायतबाट अशोक बुढाथोकी, धनबहादुर बुढाथोकी, कृष्ण खरेल, भुवन सापकोटा, नन्दबहादुर, कृष्णप्रसाद सापकोटा, गंगाधर सापकोटा, रेश सलामी,जापानबाट तीर्थनाथ सापकोटा, डिलाराम खरेल, काठमाडौबाट पारस सापकोटा, वेलायतबाट हरि सापकोटा, हङकङबाट यमबहादुर बुढाथोकी, काठमाडौबाट कदम केसी, अष्ट्रेलियाबाट प्रकाश खरेल, स्कटल्याण्डबाट गोविन्द खरेलले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी जापानमा रहेका बाबुराम सापकोटाले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । जापानमा रहेकी सुनिता गौतम, वसन्त नेपाली, वेलायतमा रहेका गिरिप्रसाद थापा र तुलानाथ कँडेलले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

photo 3

बेलायतमा रहेका राजेन्द्र थापा काठमाडौंमा रहेका ऋषिराम सापकोटा, डेनमार्कबाट जयराज चालिसे, अष्ट्रेलियाबाट नारायण खरेलले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । अमेरिकाबाट अर्जुन सापकोटा, रामकृष्ण सापकोटा, बेलायतबाट गंगा गौतम, कृष्ण सापकोटा, जापानबाट यमलाल सापकोटा र भीम केसीले जनही १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?