Comments Add Comment

सुमन र रविसँग रीस्ताको दोहोरो प्रेम

rista-basnet

चलचित्र ‘होस्टेल’बाट उदाएकी कलाकार रीस्ता बस्नेत ‘यो कथा हो तिम्रो मेरो’बाट भने जम्ने क्रममा छिन् । रीस्ताले यो चलचित्रमा पूर्ण अभिनय देखाउन पाएको बताएकी छिन् । द फ्रेम क्रियशन प्रालीको प्रस्तुतीमा तयार भएको यो चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउदैछ ।

चलचित्रलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, रुपा राना, गणेश उप्रेती, विमला गिरी, ओम प्रतिक लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा नायिका रिस्ता बस्नेत आफ्नो भूमिका महत्वपूर्ण भएको बताउँछिन् । चलचित्रको ट्रेलरले उनी सुमन र रविको दोहोरो प्रेममा रहेको देखिन्छ । निर्देशकले यसलाई पारिवारिक प्रेम कथा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment