Comments Add Comment

बजेट शुक्रबार आउनेमा सभासमुखको शंका

IMG_2001

२५ असार, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले असार २७ गते शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश हुने/नहुने अनिश्चत रहेको बताएका छन् । उक्त दिन बजेट पेश हुन नसके आगामी आइतबारभित्रै जसरी भए पनि पेश हुनैपर्नेतर्फ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ६०औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै सभासमख नेम्वाङले मुलुक आर्थिक विकासमा पछाडि पर्नुको मुख्य कारण राजनीतिक अस्थिरता रहेको बताए ।

‘मुलुकको आर्थिक वृद्धि न्यून छ, व्यापार घाटा कहालीलाग्दो रुपमा बढेको छ, जनसंख्या वृद्धि अनियन्त्रित छ, बेरोजगारको संख्या बढ्दो छ’ उनले भने- ‘राजनीतिक वृत्तमा तत्काल सुधार नगरी हामीले आर्थिक विकासमा अपेक्षित लाभ हासिल गर्न सक्दैनौं ।’

नेम्वाङले भने- ‘अस्थिरता राजनीतिक क्षेत्रबाट तपाईहरुमा सरेको हो वा तपाईहरुबाट राजनीतिक क्षेत्रमा सरेको हो, कन्फ्यूजन सिर्जना भएको छ, मुलुकको हितका लागि सुधार दुबै पक्षबाट हुन जरुरी छ ।’

आर्थिक क्षेत्रसँग सम्बन्धित २२ वटा विधेयकहरु छिट्टै पारित गर्नुपर्ने व्यवसायीको सुझावप्रति ईंगित गर्दै सभामुख नेम्वाङले अहिलेसम्म व्यवस्थापिका संसदमा ३/४ वटामात्र विधेयक दर्ता भएको जानकारी दिए । बाँकी विधेयकहरु मन्त्रालय वा सरकारको कोर्टमा अडि्कएको हुनसक्ने बताउँदै उनले संसदमा दर्ता भएको खण्डमा पारित गराउन आवश्यक सहयोग गर्ने वचन दिए ।

देशको मूल कानून संविधान निर्माण गर्न व्यवसायिक वृत्तबाट सकरात्मक दबाब आवश्यक रहेको औंल्याउँदै सभामुख नेम्वाङले यसतर्फ व्यवसायीहरुको ध्यानाकर्षण गराए । व्यवसायीले जोडदार रुपमा उठाएका २२ वटा आर्थिक विधेयकहरु मुल कानुनको सहायक मात्र भएको नेम्वाङको भनाइ थियो ।

तीन वर्षमा लोडसेटिङ हटाउने सहमति सकारत्मक

मुलुकबाट लोडसेडिङ तीन वर्षभित्रमा अन्त्य गर्ने कुरा सबै पक्षबाट जोडतोडका साथ उठ्नुलाई सभामुख नेम्वाङले पछिल्लो समयको एकमात्र सुखद पक्ष भएको बताए ।

मुलुकको आर्थिक विकासका लागि उर्जा अत्यावश्यक रहेको हुँदा राजनीतिक दल, निजी क्षेत्र लगायत सरोकारवाला पक्ष तीन वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्न एकमत हुनु सुखद रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री डा. रामशरण महतले यो वर्ष आर्थिक सुधारको वर्ष हुने दाबी गरेका छन् । उनले आगामी बजेट आर्थिक सुधारमा केन्द्रीत हुने बताएका छन् । मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि दोस्रो चरणको आर्थिक सुधारको सुरुवात गरेको बताउँदै उनले पछिल्लो समय बिजनेश कन्पिmडेन्स बढ्दै गइरहेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment