Comments Add Comment

सेकेण्ड ह्याण्ड मोबाइल किन्दै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुस्

नयाँ तथा लेटेष्ट मोडेलका मोबाइल फोन बोक्ने इच्छा सबैको हुन्छ । कतिपयले नयाँ मोडेलका स्मार्टफोनको खरीददारीलाई आफ्नो इज्जतसँग पनि जोड्ने गरेको पाइन्छ भने कतिपयले शोख र रुचीका कारण नयाँ नयाँ फोन किन्छन् । तर जे होस् कहिलेकाहीँ आफ्नो राम्रोसँग चल्ने पूरानो फोन बदलेर नयाँ स्मार्टफोन किन्नै पर्ने हुन्छ । यस्तै केही मानिसलाई नयाँ किन्नुको साटो पूराना मोबाइल फोन किन्ने बाध्यता पनि हुन्छ, पैसाको उपलब्धता लगायतका कारणले ।

second hand mobile

चाहे पैसाको कमीको कारण होस् वा कम मूल्यमा राम्रो र आधुनिक मोडेलको मोबाइल फोन पाइन भएर होस् यदि तपाइँ यदि पूरानो अर्थात् सेकेण्ड ह्याण्ड मोबाइल खरीद गर्न चाहनुहुन्छ भने केही कुरामा ध्यान दिनैपर्ने हुन्छ, ताकी ठगी वा धोकाधडीबाट बँचियोस् । पूरानो मोबाइल फोन किन्दा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

  • सबैभन्दा महत्वपूर्ण कुरा मोबाइल फोनको फिचर्स जाँच गर्नुपर्छ । कहिलेकाहीँ मोबाइल किन्दा क्यामरा तथा एप्स बाहेक अरु नहेरी किनिन्छ जसका कारण पछि दुख पाउन सकिन्छ ।
  • सेकेण्ड ह्याण्ड स्मार्टफोन खरीद गर्नुभन्दा पहिले यसको सेल्युलर नेटवर्कका बारेमा जानकारी लिनुपर्छ । कहिलेकाहीँ यस्तो स्मार्टफोनले एक वा दुइ सेल्युलर नेटवर्क मात्र सपोर्ट गर्न सक्छ । खासगरी विदेशबाट ल्याइएका स्मार्टफोनमा यस्तो समस्या देखिन सक्छ । सेलफोन कन्ट्रयाक्सटमा सस्तो मूल्यमा खरीद गरिने त्यस्ता स्मार्टफोनले केही खास अपरेटर्सका नेटवर्क मात्र सपोर्ट गर्ने हुनसक्छ । नेटवर्क कनेक्सनका साथै फोन गर्दा कल लाग्ने नलाग्ने -आउट गोइंग) र स्पिकर समेत चेक गर्नुपर्छ । कहिलेकाहीँ नेटवर्क कनेक्सन देखाउँदा देखाउँदै पनि फोन नलाग्न सक्छ । त्यसैले पूरानो स्मार्टफोन किन्नुभन्दा पहिले त्यसमा आफ्नो सिमकार्ड हालेर कसैलाई फोन गरेर, नेटवर्क र आवाज समेत जाँच गरेर मात्र किन्नुपर्छ ।
  • कहिलेकाहीँ स्मार्टफोनमा केही प्राविधिक गडबडीका कारण ब्लुटुथ, वाइफाइ तथा अन्य कनेक्टीभिटी अप्सनहरुले काम नगरेका हुनसक्छन् । त्यसैले पूरानो फोन किन्नुभन्दा पहिले ब्लुटुथ, वाइफाइ तथा युएसबी कनेक्टीभिटी जाँच गर्नुपर्छ । ब्लुटुथ को प्रयोग गरेर अन्य मोबाइलसँग जोडिन सक्छ सक्दैन हेर्नुपर्छ । प्रायः वाइफाइ तथा ब्लुटुथ जस्ता अप्सनहरु म्ाोबाइल बिग्रनुभन्दा अगाडि नै बिगि्रसक्ने हुनाले यी अप्सनले काम गरिरहेको मोबाइल सद्दे नै छ भनेर अड्कल काट्न सकिन्छ ।
  • सेकेण्ड ह्याण्ड मोबाइल खरीद गर्नुअगाडि यसको मेमोरी स्टाटस जाँच गर्नुहोस् । कुनैपनि फाइललाई इन्टरनल स्टोरेजबाट एक्सटर्नल स्टोरेजमा सारेर हेर्नुहास् । यदि फाइल सजिलै सर्यो भने मेमोरी ठीक रहेछ भनेर बुझ्नुपर्छ र सर्न मानेन भने गडबडी भएको वा कुनै भाइरस बुझ्नुपर्छ । यदि पुरानो आइफोन लिँदै हुनुहुन्छ भने त्यसमा एक्सटरनल स्टोरेस हुँदैन । त्यसैले फोनको स्पेसिफिकेसन सेटिंगमा गएर राम्ररी हेर्नुहोस् । त्यसमा भने बमोजिमको मेमोरी पावर भए नभएको पत्ता लाग्छ ।
  • क्यामरा फिचर्स मज्जाले चेक गर्नुहोस् । अगाडि पछाडिको क्यामरा, फ्लास सबैले राम्रोसँग काम गरे नगरेको जाँच गर्नुहोस् ।
  • कुनैपनि सेकेण्ड ह्याण्ड स्मार्टफोन किन्दा ब्याट्री मुनिको भागमा लेखिएको आइएमइआइ नम्बर हेर्नुहोस् । किन्न थालेको मोबाइलमा *#06#  डायल गरी उक्त सेटको आइएमइआइ नम्बर पत्ता लगाउनुहोस् । त्यसपछि ब्याट्री मुनिको भागमा लेखिएको र उक्त मोबाइलको खास आइएमइआइ नम्बरबीचमा फरक भए नभएको जाँच्नुहोस् । यदि फरक पर्यो भने मोबाइलको पाटपुर्जा तथा ब्याट्री समेत नक्कली रहेछ भन्ने बुझिन्छ । नक्कली मोबाइल नकिन्दा नै राम्रो हुन्छ ।
  • केवल स्मार्टफोन मात्र होइन उसका सहायक सामानहरु जस्तै चार्जर, हेडफोन तथा युएसबी केवल समेत ठीक छन् छैनन् जाँच्नुपर्छ ।
  • पूरानो स्मार्टफोनमा सबैभन्दा बिगि्रएको हुनसक्ने पार्ट भनेकै डिस्प्ले हो । त्यसैले फोनको डिस्प्ले मज्जाले जाँच गरेर मात्र फोन खरीद गर्नुहोस् । स्त्रिmनमा कतै धब्बा लागेको छ की अर्थात् डेड पिक्सेल छ की जाँच्नुहोस् । साथै अनस्त्रिmन किबोर्डलाई ठाडो र तेर्सो दुबै बनाएर चलाउनुहोस्, सबै बटनले राम्रो सँग काम गरे नगरेको जाँच्नुहोस् । ग्यालरीबाट कुनै फोटो खोलेर जुम इन तथा जुम आउट गर्नुहोस् । यसो गर्दा राम्ररी काम गर्यो भने स्त्रिmन ठीक रहेछ भन्ने बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment