Comments Add Comment

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

२ साउन, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ । बैठक पार्टी मूख्यालय मदननगर बल्खुमा शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

नवौँ महाधिवेशन पछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटीको पहिलो बैठकमा परिचयात्मक तथा सामान्य विषयमा छलफल हुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पहिलो वैठक भएकाले खास एजेन्डा नरहेकाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुवीच आपसी परिचयात्मक कार्यक्रम हुनेछ । यसअघि नवौ महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा १ सय ५८ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment