Comments Add Comment

गभर्नर सा’प वित्तीय नीति र मौद्रिक नीतिको तालमेल खै ?

२ साउन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले असार २९ गते सार्वजानिक गरेको बजेटमा ठूलै-ठूलाको मात्रै उल्लेख गरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सानै-साना मात्रै उल्लेख भएको मौद्रिक नीति ल्याएर आलोचित भएका छन् ।

मौदि्रक नीति सरकारको वित्तीय नीतिलाई सफल बनाउन राष्ट्र बैंकले तयार गर्ने प्राविधिक नीति हो । सरकारले लिएको नीतिलाई प्राविधिरुपमा सफल बनउनु मौदि्रक नीतिको मुख्य लक्ष्य भएकाले यो वित्तीय नीतिभन्दा टाढा जान सक्दैन । तर, गभर्नर डा. खतिवडाले वित्तीय नीति बिपरीत मौद्रिक नीति ल्याए ।

‘बजेटमा साना तथा मझौला’ भन्ने शब्द छैन भने मौद्रिक नीतिमा ‘ठुला व्यवसायी तथा लगानीकर्ता’ भन्ने शब्द उल्लेख भएको छैन ।

पुँजीबादी वित्तीय नीति, समाजवादी मौद्रिक नीति

बजेटले ठूला व्यवसायी र ठूला लगानीकर्ताका पक्षमा बोलेको र मौदि्रक नीतिले साना तथा मझौला व्यवसायी र लगानीकर्ताका बारेमा बोलेको भन्दै सरोकारवालाहरुले वित्तीय नीति र मौदि्रक नीतिको चरित्रलाई पुँजीबादी र समाजवादीको संज्ञा दिएका छन् । अर्थमन्त्री उदारवादी बिचारधाराका पक्षपाती हुन भने गभर्नर समाजवादी बिचारधारका पक्षपाती हुन् । त्यसैले अर्थमन्त्रीले पुँजीवादी प्रवृतिको बजेट ल्याए भने गभर्नरले समाजवादी प्रवृत्तिको मौदि्रक नीति ल्याएको बताइएको छ ।

तर, गभर्नर खतिवडाले वित्तीय समावेसीताका लागि साना तथा मझौला उद्योगको विषयमा मौदि्रक नीतिले सम्बोधन गरेको बताए । ‘ठूला व्यवसायीको माग सस्तो व्याजदरमा कर्जा र कर्जा पाउने वातावरण उपलब्ध गराउनुपर्छ भन्ने हो’ उनले भने -अहिलेको अवस्थामा उहाँहरुको माग सम्बोधन भइरहेको छ ।

यसलाई अन्यथा नलिन गभर्नरले सरोकारवालाहरुलाई आग्रह गरे । ‘वित्ततीय नीतिमा उल्लेख भएका कुरा मौदि्रक नीतिमा उल्लेख नभए पनि त्यो मौदि्रक नीतिको पनि लक्ष्य हो’ उनले भने -वित्तीय नीतिले छुटाएका स-साना विषयलाई मौदि्रक नीतिले उठाएको हो ।

‘वित्तीय नीति र मौद्रिक नीतिबीच नैै तालमेल मिलेकौ छैन’ मौदि्रक नीति सार्वजानिक भएलगतै नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले प्रतिक्रिया दिए -त्यसैले मौदि्रक नीति र्कायाज्वयनमा ठूलो चुनौति देखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment