Comments Add Comment

इमरानले आलियालाई भने- किसिङको हेडमास्टर मै हुँ

emran Hasmiबलिउडमा ‘सिरियल किसर’को छवि बनाएका नायक इमरान हासमीको ताजमाथि धावा बोल्नेक्रम सुरु भएको छ । त्यो पनि अरुबाट हैन उनकै नातेदार आलिया भट्टबाट ।

तर, इमरान भने आफ्नो त्यो ताज खोसिनेमा किञ्चित चिन्तित छैनन् । यसै मेलोमा हालै संचारकर्मीले सोधे- तपाईको ताज त आफ्नै नातेदार फुच्चीले खोस्ने भइन नी ?

‘किसिङ डिपार्टमेन्टको हेडमास्टर मै हुँ, यी भुराभुरीले मलाई विस्थापित गर्न अझै १० बर्ष लाग्छ’ उनले भने ।

सिरियल किसरको ताज खोस्न नयाँ पुस्ताले बर्षमा चारवटाका दरले फिल्म खेल्नुपर्ने र त्यसपछि रोमान्टिक निर्देशक कुनाल देखमुखको फिल्म खेल्नुपर्ने उनले सुझाए ।

आगामी फिल्म ‘राजा नटवरलाल’को ट्रेलर रिलिज कार्यक्रममा उपस्थीत इमरानकी कोस्टार हुमैमा मल्लिकले भने इमरानको रियल लाइफ र रिल लाइफवीचको भेद खुलाइन् ।

‘सुरुमा मलाई लागेको थियो इमरान रियल लाइफ पनि रिल लाइफमा जस्तै बेसरम छन’ उनले भनिन- तर, पहिलो भेटमा मलाई पटक्कै वास्ता गरेनन, उनी निकै लजालु पो रहेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment