Comments Add Comment

रोनाल्डोका छोराकी आमा को हुन् ?

Cristiano-Ronaldo with son

५ साउन, काठमाडौं । पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोका ४ वर्षे छोरा आफ्नी आमाको विषयमा अझै गुमराहमै छन् । आफ्नी आमा को हुन् भन्ने उनलाई अझै थाहा छैन र यस विषयमा बताउन उनको परिवारले पनि चाहेको छैन ।

रोनाल्डोकी बहिनी इल्माका अनुसार रोनाल्डोका छोरा रोनाल्डो जुनियर अर्थात् क्रिस्टियानिन्होले पहिले आफ्नी आमाको बारेमा बारम्बार सोध्ने गर्थे । तर, जब उनलाई उनकी आमाको मृत्यु भएसकेको बताइयो तब उनले सोध्न छाडे ।

२९ वर्षे रोनाल्डोका ४ वर्षे छोरा छन् जसकी आमा को हुन् थाहा छैन । सन् २०१० मा जन्मेका ती बालकलाई रोनाल्डोले सम्भवतः भाडाकी महिलाबाट जन्माएको अनुमान गरिएको छ ।

इल्माका अनुसार रोनाल्डोका छोराले आफ्नी आमाका बारेमा सोध्दा एकपटक उनलाई आमा स्वर्गमा पुगेको बताइयो । तर, रोनाल्डो र रोनाल्डोकी आमाले अबदेखि बच्चासित यस्तो कुरा नगर्न भनेपछि बालकलाई आमाका बारेमा बताउने गरिएको छैन । ‘अहिले हामीले उसलाई आमा घुम्न गएकी छिन् भनेर भन्छौँ र ऊ चुप लाग्छ र केहीपनि सोध्दैन’- इल्मा भन्छिन् ।

रोनाल्डो आफ्नी आमा र ४ वर्षे छोराका साथमा स्पेनमा बस्दै आएका छन् । रोनाल्डोकी बहिनीले हालै एक पुस्तक मार्फत गरेको खुलासा अनुसार ती बालकलाई आफ्नी आमाको बारेमा कहिल्यै पनि खुलासा नगर्न रोनाल्डोले परिवारलाई निर्देशन दिइसकेका छन् ।

तर, ठूलो भएपछि यदि रोनाल्डोका छोरा क्रिस्टियानिन्होले आफ्नी आमाको बारेमा जान्न चाहे भने कसैले पनि रोक्न सक्ने छैनन् भन्ने बुझाइ छ रोनाल्डोकी बहिनी इल्माको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment