उसो त चलचित्र ‘किक’ भित्र नायक सलमान खानले नायिका ज्याकलिन फर्नान्डेजसँग चुम्बन गरेका छन् या छैनन्, त्यो त सिनेमा प्रदर्शन भएपछि नै थाहा हुन्छ । तर यतिबेला भारतीय मिडियामा दुई कलाकारको चुम्बनको चर्चाले खुबै स्थान पाएको छ ।
चलचित्र भित्र कुनै पनि नायिकासँग चुम्बनको दृश्य नदिने बताएका नायक सलमान खानले ‘किक’बाट यो वाधा तोडेको बताइएको छ । चलचित्र ‘थ्री इडियट्स’मा नायक आमिर खानले नायिका करिना कपुरसँग लामो चुम्बनको दृश्य दिएका थिए ।
सलमानले पनि ज्याकलिनसँग ‘लिप किस’ गरेको बताइएको छ ।
ज्याकिलन र सलमानको सम्बन्ध यतिबेला खुबै सुर्खियामा छ । सलमानले ज्याकलिनलाई सिनेमाको प्रमोशनमा निक्कै स्थान दिएका छन् । सलमान आफ्नो चलचित्रमा हिरोइनलाई खासै स्थान नदिने नायकको रुपमा चिनिन्छन् ।
सलमानले ज्याकलिनलाई एउटा अपार्टमेन्ट किनिदिएको खबर केही समयअघि सार्वजनिक पनि भएको थियो ।
प्रतिक्रिया 4