Comments Add Comment

प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु

६ साउन, चितवन । सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट मृत्यु भएको छ ।

दुईदिनअघि नारायणगढको लायन्सचोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात् अचेत बनेपछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलवार बिहान ८ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

कञ्चनपुरको झलारी गाउँ विकास समिति वडा नम्बर- ९ स्थायी घर भएका ३० वर्षीय जोशी आइतबार दिउँसो सो लजमा एक महिलासँगै बसेका थिए । राति साढे ११ बजे अकस्मात् उनी अचेत बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जोशी बसेको कोठामा विषादीको डब्बा फेला परेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment