Comments Add Comment

बिहीबारका छापामा मुख्य खबरहरु

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले उर्जा विकासका लागि भारतले गरेको प्रस्ताव फेर्न भारत तयार भएको भारतीय राजदूत रन्जित रे ले भनेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन १८ गते नेपाल आउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले नेपाल भारत सीमास्तम्भको सीमाकंनपछि मात्र सम्झतौता हुने, विद्यार्थीलाई हजार पटक उठबस गर्न लगाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नेपाल समाचारपत्रले चोरिएका मुर्ति फिर्ता दिन फ्रान्स तयार भएको, वामदेवले भन्दैमा मुख्यसचिव नहट्ने, पारस झन अफ्ठेरोमा पर्दै गएको, महिलालाई जिस्काए तीन महिला कैद हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

कारोबार दैनिकले शान्ति सेनाको पारिश्रमिक ३ सय २२ डलर बढ्ने, ३७ सयभन्दा बढी श्रणी कालोसूचीमा रहेको, वैज्ञानिकहरुले जलवायु अनुसन्धान केन्द्र स्थापना गदै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले अदालत अवहेलना विधेयक संशोधन गरिने, चुरेक्षेत्र जोगाउन समुदायमैत्री नीति बनिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले काठमाडौंको पुरै रिङरोड आठ बर्षमा बन्ने, बेपत्ता भएको ११ वर्षपछि परिवारले शव पाएको, प्रधानमन्त्रीले एक साता आराम गर्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1 2 3 4 5 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment