+
+
Shares

बक्स अफिसमा भिड्दै प्रियंका दिदीबहिनी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ९ गते १०:४२

parineeti-priyanka5नायिका प्रियंका चोपडा र उनकी बहिनी परिणीति चोपडा फेरि एकपटक बक्स अफिसमा आमनेसामने भिड्ने भएका छन् ।

परिणीतिको ‘दावत-ए-इश्क’ र प्रियंकाको ‘मेरी कोम’ सेप्टेम्बर ५ तारिख एकदैनि रिलिज हुँदैछन् । सन् २०१३ मा पनि परिणीतिको ‘शुद्ध देशी रोमान्स’ र प्रियंकाको ‘जंजिर’ एकैदिन रिलिज भएका थिए ।
यो साल फेरि त्यही नियति दोहोरिने भएपछि चोपडा दिदीबहिनी प्रतिष्ठाको लडाईमा परेका छन् ।

तर, परिणीतिले भने दुवै फिल्मले राम्रो ब्यापार गर्ने बिश्वास लिएकी छिन् । ‘दुवै फिल्म सफल रहुन् भन्ने मेरो कामना छ’ परिणीतिले सम्बाददाताहरुसँग भनिन् ।

प्रियंकाको मेरी कोममा नेपाली अभिनेता सुनिल थापाले उनको बक्सिङ गुरूका रूपमा काम गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?