Comments Add Comment

बिक्यू मोबाइल किटक्याट भर्सनमा, मूल्य ७ हजार

११ साउन, काठमाडौं । होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने बिक्यूको ‘एस ३७’  स्मार्टफोन बजारमा ल्याएको छ । यसअघि ‘एस ३७’ इन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टममा उपलब्ध थियो । एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो ।

BQ--S-37-Smartphoneनेपाली स्मार्टफोन पारखीहरुको मागलाई ध्यानमा राखेर एस ३७ लाई किटक्याट अपरेटिङ सिष्टममा परिवर्तन गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य ६ हजार ८ सय ९० रुपैयाँ पर्ने बताइएको छ । नेपालमा भित्रिएको छोटो अवधिमा एस ३७ पाँच हजार थान बिक्री भएको दाबी गर्दै कम्पनीले आउँदो आर्थिक वर्षमा ३० हजार भन्दा बढी थान बिक्री गर्ने लक्ष्य राखेेको बताएको छ ।

बजारमा बेला इन्टरनेशलले बिक्यू मोबाइल बिक्री वितरण गर्दै आएको छ । गुगल एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम किटक्याटमा रमाउन चाहने नेपाली उपभोक्ताहरुमाझ एस ३७ लोकपि्रय हुने दाबी कम्पनीका विशाल आचार्यले विश्वास व्यक्त गरेका छन् ।

यस अघि खरिद गरिएको एस ३७ मा कम्पनीले निःशुल्क अपरेटिङ सिस्टम किटक्याट राखिदिने भएको छ । कम्पनीका अनुसार नेपालमा किटक्याट अपरेटिङ सिस्टम भएका थ्रिजी स्मार्ट फोनहरुमा एस ३७ सबैभन्दा सस्तो स्मार्टफोन हो ।

नेपालका बिभिन्न स्थानमा सर्भिस सेन्टरबाट अपरेटिङ सिस्टम किटक्याट राख्न सकिने कम्पनीले जनाएको छ । बिक्यू मोबाइलको स्मार्ट फोन एस ३७ ले नेपाली मार्केटमा अग्रस्थान हात पारेको कम्पनीको दाबी छ ।

एस ३७ स्मार्टफोनमा ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क, ड्युल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा, वाइफाइ, फ्लास लाइट लगायतका फिचरहरु रहेका छन् ।

प्रतिमहिना ३० लाख पिसिबिए उत्पादन क्षमता रहेको यो कम्पनीले सस्तो थि्रजी स्मार्टफोनको बिक्रीले नेपालमा आफ्नो पकड जमाउने विस्वास लिएको छ । चीनको नम्बर वान पिसिबिए (मदरबोर्ड) उत्पादक कम्पनी बिक्यूले दर्जन बढि प्रतिष्ठित मोबाइल कम्पनीहरुका लागि मदर बोर्ड र ओडिएम तयार गर्दै आएको छ । सेन्जेन र साँघाइमा ५ वटा रिसर्च सेन्टर डेभलपमेन्ट सेन्टर खोलेको बिक्यूले २००६ बाट आफ्नो उत्पादन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment