Comments Add Comment

१० शर्त : सोसल मिडिया प्रयोगकर्ताले थाहै नपाइ स्विकार्छन्

Contract_Sign

टर्मस् अफ सर्भिस् अर्थात् सेवाका शर्त, जसलाई पालना नगरिकन कुनैपनि इन्टरनेट प्लाटर्फममा आफुले चाहेको कुरा पढ्न वा काम गर्न सकिँदैन । यो कानूनी मार्गदर्शन हुनुका साथै नियमको संग्रह हो । इन्टरनेट अझ भनौँ सोसल मिडिया चलाउने धेरैले यस्ता शर्तहरु बाध्यकारी रुपमा पालना गरिरहेका हुन्छन् तर शर्त मान्दै आफु अगाडि बढेको भने खासै पत्तो हुँदैन । आफुलाई खासै पत्तो नै नभई तथा नपढिकनै स्विकार गरिएका सोसल मिडियाका केही सेवा शर्त यस्ता छन् :
फेसबुक
१. तपाइँका कुनैपनि फोटो तथा भिडियो कुनैपनि प्रयोजनका लागि प्रयोग गर्न फेसबुकलाई तपाइँले अनुमति दिनुभएको हुन्छ । तपाइँले फेसबुकको खाता खोल्दैमा फेसबुकले तेर्साएको यस्तो खालको शर्त मान्नैपर्ने हुन्छ । अन्यथा तपाइँले खातै खोल्न सक्नुहुन्न । त्यसैले फेसबुकमा तपाइँले अपलोड गरेका कुनैपनि सामाग्री फेसबुकले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने कानूनी वैधता पाएको हुन्छ । टि्वटर, इन्स्टाग्राम तथा गुगलले पनि यस्तै सेवाशर्त तपाइँहामीलाई बाध्यरुपमा मनाएका हुन्छन् ।
२. तपाइँ यदि यौन अपराधमा दोषी ठहरिनुभएको छ भने तपाइँले फेसबुक चलाउन पाउनुहुन्न । फेसबुकको खाता खोल्दा नै यौन अपराधमा संलग्नलाई खाता खोल्न नै बन्देज लगाइएको हुन्छ ।
३. तपाइँले आफ्नो सम्पर्क सूचनालाई अद्यावधिक गर्नुपर्छ । प्रयोगकर्ताको अकाउण्टलाई सुरक्षित बनाउनका लागि फेसबुकले प्रयोगकर्ताले आफ्नो परिवर्तित सम्पर्क नम्बर तथा प्रोफाइल अपडेट गर्न सूचित गर्छ । फेसबुकको नियमले नै भन्छ की तपाइँले आफ्नो मोबाइल नम्बर परिवर्तन भएको ४८ घण्टाभित्रैमा फेसबुकमा अपडेट गरिहाल्नुपर्छ ।
टि्वटर
४. टि्वटर कसरी खोज्नुभयो र कसरी छिर्नुभयो ? वास्तवमा टि्वटरको प्राइभेसी नीतिले टि्वटरलाई प्रयोगकर्ताको आइ पी ठेगाना पत्ता लगाउन सक्ने अधिकार प्रदान गरेको छ । यतिमात्र नभई ब्राउजर, अपरेटिङ सिस्टम, वेब पेज, स्थान, खोजिएका तथ्य, डिभाइस तथा एप्लिकेसन आइडी जस्ता तपाइँका महत्वपूर्ण सूचना टि्वटरलाई प्रदान गर्नका लागि तपाइँ टि्वटे बन्ने दिनमा नै करारनामा गरिसक्नुभएको हुन्छ ।
५. नामलाई ओगटिराख्न पाउनुहुन्न । के तपाइँले आफ्नो बच्चाको टि्वटर अकाउण्ट खोलेर कुनै विशेष युजर नेम पक्का गराइराखौँ भन्ने सौँचमा हुनुहुन्छ, ता की बुझ्ने भएपछि बच्चाले त्यो अकाउण्ट चलाउन सकून् । तर टि्वटरले यस्तो नाम ओगट्ने कुरालाई स्विकार गर्दैन । ६ देखि ९ महिनासम्म निस्कृय भएका अकाउण्टलाई टि्वटरले हटाउने गर्छ ।
इन्स्टाग्राम
६. यौनिक रुपका सामाग्रीहरु राख्न पाइन्न । यो परिभाषाले केवल नग्न सामाग्रीलाई मात्र समेट्दैन । इस्टाग्रामले अश्लीलता तथा यौनिकताको एक मापदण्ड बनाएको छ, जसलाई उल्लंघन गर्ने खालका सामाग्रीहरु इन्स्टाग्राममा पोष्ट गर्न पाइन्न । फेसबुक र टि्वटरको पनि यस्तै नियम छ ।
७. इस्टाग्राममा तपाइँले आफ्नो विचार नपठाउनुहोला भन्ने चाहन्छ, तर यदि तपाइँले पठाएको विचारलाई कम्पनीले पढ्यो र मन परायो भने प्रयोग पनि गर्न सक्छ । कम्पनीको नीति नै छ की उसले कुनैप्नि सामाग्री, सूचना, विचार, सुझाव तथा अनुरोध विनाका अन्य सामाग्री स्विकार गर्नेछैन । तर कम्पनीको नीतिमै भनिएको छ की यदि प्रयोगकर्ताको बौद्धिक विचारले उच्च पदस्थको दृष्टि खिच्न सक्यो भने कम्पनीले प्रयोग गर्नेछ, तर विचार दिने प्रयोगकर्तालाई भने सुको पैसा दिनेछैन ।
लिंक्ड इन
८. आफुले नचिनेकालाई थप्न सक्नुहुन्न । तपाइँले यो सामाजिक संजालमा कुनै मानिसलाई आफुसँग जोडिनका लागि निम्तो पठाउन चाहनुहुन्छ भने तपाइँले उसलाई चिनेको हुनुपर्छ । कुनै अपरिचितलाई तपाइँले लिंक्ड इनमा इन्भाइट गर्न सक्नुहुन्न ।
९. तपाइँको प्रोफाइलले वेश्यावृत्तिलाई प्रोत्साहन गर्न पाउनेछैन, तपाइँ बसेको ठाउँमा त्यो कानूनी रुपमा मान्य नै छ भनेपनि ।
१०. झुटो बोल्न बन्देज छ । लिंक्ड इनको नीति नै इमान्दारिता हो । यसको प्रयोगकर्तासँग गरिएको सम्झौतामै प्रयोगकर्तालाई अमिल्दा तथा गलत सूचना र जानकारी प्रदान गर्न बन्देज गरिएको हुन्छ ।   mashable.com को सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment