Comments Add Comment

कुन क्षेत्रका कर्मचारीको तलब कति बढ्यो ?

१४ साउन काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तलब सबैभन्दा उच्च दरले बढेको देखिएको छ । राष्ट्र बैंकले सन २००४-०५ लार्इ अाधार वर्ष मानेर गत जेठ महिनासम्मको nepal_moneyकर्मचारीहरुको तलब तथा ज्याला वृद्धिको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब ४७.७ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रमा कार्यरत मजदूरको ज्याला ८.४ प्रतिशतले मात्रै बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कामदारको आकर्षण बढ्नु र कृषि मजदूरमा आकर्षण घट्नुको मूख्य कारण पनि तलब तथा ज्यालामा भएको वृद्धि नै हो । अत्यन्तै न्यून मात्रै ज्याल बढ्ने गरेकाले मुलुकमा कृषि क्षेत्रमा काम गर्ने मजदुरको चरम अभाव छ ।

बैंक तथा वित्तीय संस्थापछि सेना र प्रहरीको तलब तथा भत्ता धेरैले बढेको छ । सेना प्रहरीको ३४.५ प्रतिशतले बढेको हो । तलव वृद्धिको तेस्रो स्थानमा निजामती कर्मचारी रहेका छन् । निजामति कर्मचारीको तलब तथा भत्ता ३१.३ प्रतिशतले बढेको छ ।

त्यसैगरी शिक्षकको ३०.५ प्रतिशतले, सार्वजानिक संस्थानको २८ प्रतिशतले औद्योगिक मजदुरको २३.३ प्रतिशतले, निर्माण मजदुरको ९.५ प्रतिशतले बढेको छ ।

कुन क्षेत्रका कर्मचारीको तलब कति बढ्यो (प्रतिशतमा)

बैंक तथा वित्तीय संस्था ४७.७
सेना र प्रहरी ३४.५
निजामती कर्मचारी ३१.३
शिक्षक ३०.५
सार्वजानिक संस्थान २८.०
औद्योगिक मजदूर २३.३
निर्माण मजदूर ९.५
कृषि मजदुर ८.४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment