Comments Add Comment

सबैलाई स्वीकार्य हुने संविधान बनाउन मोदीको आग्रह

१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई स्वीकार्य हुने संविधान निर्माण गर्न नेपाली नेताहरुलाई आग्रह गरेका छन् ।

मोदी र एमाले शीर्ष नेताहरुबीच होटल हायातमा भेटवार्ता भएको थियो । भेटमा मोदीले सबैलाई स्वीकार्य हुने संविधान निर्माणका लागि आवश्यक सहयोग गर्ने समेत बताएको एमाले नेताहरुले बताएका छन् ।

मोदीले नेपाल र भारतबीच छलफल गर्ने कुराकानी गर्ने खुला वातावरण बनेको बताए । नेपालको हित र विकासको एजेण्डा ल्याए सहकार्य गर्न तयार रहेको भन्दै उनले त्यसका लागि भारतमा समेत वातावरण बनेको बताएका छन् ।

मोदीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीसँगै उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी र भीम रावल तथा महासचिव इश्वर पोखरेल सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने भेटमा सहभागी भएनन् ।

एमाओवादी नेतृत्वसँग पनि भेट

मोदीले एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुसँग पनि भेट गरेका छन् । भेटमा मोदीले युद्ध छाडेर शान्ति प्रक्रियामा आएकोमा अभिवादन गर्ने बताएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले बताए ।

माओवादी नेताहरुले शान्ति प्रक्रिया र संविधान निर्माण अन्तरसम्विन्धित भएको आफूहरुले बताएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment