Comments Add Comment

सुनकोशी बाढी पीडितका लागि स्पेनमा ११६३ युरो संकलन

Spain

बसन्त रानाभाट
बार्सिलोना । गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरो पीडितको सहयोगका लागि एक हजार १ सय ६३ युरो संकलन गरेको छ । संघले नेपाली कथानक चलचित्र ६ एकान ६ को प्रर्दशन एवम स्वच्छिक सहयोगबाट रकम उठाएको हो ।
मंगलबार बार्सिलोनामा प्रर्दशन भएको चलचित्र हेर्न पुगेका १०५ दर्शकहरुबाट १०५० युरो संकलन भएको थियो । हल भाडा ४०० युरो, फिल्म डिस्टिबियुटरलाई ५०० युरो बुझाएर पहिरो पिडितलाई १५० युरो बचाउन सफल भएको संघले जनाएको छ । बाँकी रकम भने स्पेनबासी नेपालीहरुले गरको सहयोगबाट उठेको हो ।

गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा सहयोग गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई आह्वान गरेको अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेलले बताए । खरेलले भने, ुहामी जति धेरै उठाउन सक्छौं, त्यसैले अझै केही दिन यो अभियान जारी राख्ने छौं ।

राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीले भने-दैविक विपत्तीमा सहयोग गर्नु हामी सबैको कर्तब्य हो ।’ उनले अभियानमा जुट्न स्पेनमा रहेका सबै संघ सस्था संगठनलार्इ सहयोग गर्न अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment