+
+
Shares

‘ताण्डव’ र ‘सम्बोधन’को गेट बनाउने भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १०:५८

tandav-and-sambodan-gate
दुई चलचित्र एकसाथ जुध्ने भएपछि यतिबेला ‘ताण्डव’ र ‘सम्बोधन’का निर्माताहरुले प्रचारको नयाँ रणनीति अपनाएका छन् । यही क्रममा केही दिन अघि मात्र चलचित्र ‘ताण्डव’ले काठमाण्डौका मुख्य मल्टिप्लेक्स हल छिर्ने स्थानमा प्रवेशद्धार बनाएको थियो ।

चलचित्रको प्रचारका लागि बनाइएको प्रवेशद्धारले दर्शकलाई तान्ने अपेक्षा यसका निर्माताको छ । ‘ताण्डव’सँगै अर्को चलचित्र ‘सम्बोधन’ले पनि प्रवेशगेट बनाएको छ । यो चलचित्रको निर्माणपक्षले सीटी सेन्टरको मुख्यद्धारमा नै गेट बनाएको हो ।

यसले दुई निर्माताहरुको प्रचारको भिडन्तलाई स्पष्ट पारेको छ । वेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको ‘ताण्डव’मा नम्रता श्रेष्ठ, र्‍यापर आशिष राना ‘लाहुरे’को मुख्य भूमिका छ । यता चलचित्र ‘सम्बोधन’लाई भने हेमराज वीसीले निर्देशन गरेका हुन् ।

सरोज न्यौपानेले निर्माण गरेको चलचित्रमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्टको मुख्य भूमिका छ । दुबै चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?