+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यातायात व्यवसायी भन्छन्- सिन्डिकेट स्वीकार्य हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २५ गते १३:२७

२५ साउन, काठमाडौँ । यातायात व्यवसायीहरुले पूर्वको यातायातमा सिन्डिकेट लाद्ने गरी मेची बस व्यवसायी संघले गरेको आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै आन्दोलनलाई तोड्ने उद्घोष गरेको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महांघले पूर्वमा यातायातमा सिन्डिकेट लागू गर्ने गरी सुनियोजित ढंगले गरिएको आन्दोलनको कुनै पनि हालतमा तोड्ने चेतावनी दिएको हो ।bishnu-siwakoti

उता केही दिनदेखि मेची-कोशीमा आफ्ना मात्रै सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै मेची बस व्यवसायी संघले यातायात बन्द गरी आन्दोलन गर्दा पूर्वको जनजीवन प्रभावित भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले आफूहरु सिन्डिकेटको विरुद्धमा खुलेर लागेको बताउँदै मेची बस व्यवसायी संघको पूर्वमा यातायातमा लागेको एकाधिकार तोडेरै छाड्ने चेतावनी दिएका छन् । शिवाकोटीले आफूहरुलेे सर्वोच्च अदालतको फैसला भए बमोजिम सार्वजनिक यातायातमा भएको कार्टेलिङ वा एकाधिकार खारेजको फैसला बमोजिम नै स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सेवा सुचारु गरेकोले कसैले आपत्ति जनाउन नपर्ने पनि बताएका छन् ।

महासंघका महासचिव शम्भु प्रसाद अधिकारीले कानुनी प्रक्रिया पूरा गरी आफूहरुले यातायात सञ्चालन गर्न खोज्दा पनि विरोध गरिएकोमा आपत्ति प्रकट गर्दै यातायातमा लागू गर्न खोजिएको एकात्मक सिन्डीकेट तोड्ने चेतावनी दिए । उनले भने,’मेची बस व्यवसायी संघले आफ्ना गाडीहरु सञ्चालनमा रोक लगाई अन्य छिमेकी जिल्लाहरुमा समेत यातायात बन्दको गैरकानुनी गतिविधि सञ्चालन गरेको छ, यसमा हाम्रो घारे आपत्ति रहेको छ । ‘

उज्यालो यातायात व्यवसायी संघका सचिव उमेश खड्काले मेची बस व्यवसायी संघले सार्वजनिक यातायात सेेवाको नाममा बर्षोदेखि सिण्डीकेट लागू गरेकोले आफूहरुले बाध्य भएर एकाधिकारको विरोधमा उज्यालो यातायातले सेवा सुरु गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?