+
+
Shares

खुस्बुको घरमा प्रहरी छानबिन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते ५:५९

khusbu-oli-1
२६ साउन, काठमाडौं । प्रहरी मुठभेडम मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरुको सम्पत्ति प्रहरीले छानविन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ ।
खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको नयाँ पत्रिकामा खबर छ । ‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अबैध रुपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन् ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौं ।’
आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन् । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोतले बताएको छ ।
गतवर्ष महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?