Comments Add Comment

तिब्बतको विकास देखेर लोभिए अर्थमन्त्री महत

Ramsharan-Mahat-Tibbat-visit
२६ ल्हासा, तिब्बत । चीनको स्वशासित क्षेत्र तिब्बतले छोटो अवधिमा गरेको विकास देखेर अर्थमन्त्री डा. रामशरण महत लोभिएका छन् । साताव्यापी चीन भ्रमणमा निस्किएका महत तिब्बतको ल्हासा पुग्दा त्यहाँको विकासबाट लोभिएका हुन् ।

ल्हासा पुग्दा महतलाई तिब्बत सरकारका मुख्य सचिव सुसुई क्वाङले गोङगा विमानस्थलमा भब्य स्वागत गरेका थिए । तिब्बत संसदका अध्यक्ष बाइमा सिलिनले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महतले भने- तिब्बतले छोटो समय उल्लेख्य प्रगति गर्न सकेकोमा बधाई छ ।

अर्थमन्त्री महतले नेपाल पनि डेढ दशक लामो हिंसात्मक द्वन्द्व पार लगाउँदै आर्थिक विकासमा केन्दि्रत हुन थालेको जानकारी दिए । चीन विश्व शक्ति राष्ट्रको रुपमा उदाउँदा छिमेकीका नाताले आफूलाई अत्यन्तै खुसी लागेको धारणा व्यक्त गर्दै उनले यो विकासको माहोलमा नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहेको बताए । विकासको उचाइतिर लम्किरहेको चीनले आफ्नो छिमेकीलाई पनि सँगै लिएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

‘बिगत ६/७ दशकअघि तिब्बती जनताले यति धेरै विकास होला भन्ने सोचेको थिएनन् होला’ अर्थमन्त्री महतले भने- ‘आफु पनि विकासवादी व्यक्ति भएकोले तिब्बतको यो प्रगति देखेर निकै खुशी लाग्यो ।’

नेपालले महत्वकांक्षी लक्ष्यका साथ आर्थिक विकास गर्न चाहेको चर्चा गर्दै अर्थमन्त्री महतले यसका लागि चीन लगायत अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको जानकारी दिए ।

नेपाल र चीनबीच व्यापार गर्नका लागि प्रशस्त व्यापारिक नाकाहरु भएको र ती नाकाहरुबाट हुने व्यापारलाई सरलीकरण गर्न पनि महतले प्रस्ताव राखेका छन् । यसो गर्न सकेमा दुवै देशका नागरिकहरुको जीवनस्तर माथि उठ्ने उनले तिब्बत सरकारलाई विश्वास दिलाएका छन् ।

सो अवसरमा संसदका सभामुख सिलिनले तिब्बतमा अहिले आर्थिक सामाजिक प्रगति व्यापक मात्रामा भएको जानकारी दिएका थिए । तिब्बतमा बर्षेनी करिब १ करोड पर्यटकले भ्रमण गर्ने गर्छन । तिब्बतको विकासमा केन्द्रीय सरकारले पनि विशेष जोड दिएका कारण यो प्रगति सम्भव भएको उनको भनाई थियो ।

‘तिब्बतका जनतालाई शिक्षा, स्वास्थ्य, आवास तथा रोजगारीको व्यवस्था गरिएको छ । अहिले न्युनतम लागतका अपार्टमेन्ट तथा हाउजिङको व्यवस्था गरिएको छ । स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । रोजगारीको प्रवन्ध गरिएको छ र यहाँका जनता अहिले निकै प्रशन्न छन र शान्त जीवन यापन गरिरहेका छन’ सभामुख सिलिनले भने ।

सिलिनले यस्ता भ्रमणहरु निरन्तर भैरहेमा दुई देशबीचका सानातिना समस्याहरु हटेर जाने बताए । अर्थमन्त्री महतले तिब्बतको चर्चित पोताला दरबार, अपार्टमेन्ट परियोजना र कृषि विज्ञान पार्क, औद्योगिक विकास क्षेत्रको अवलोकन गरेका थिए ।

चीनका कुल १५ मध्ये तिब्बतको ल्हासा इकोनोमिक डेभलपमेन्ट जोन पनि आधुनिक औद्योगिक क्षेत्रमध्येमा पर्छ ।  चीन भ्रमणमा रहँदा महतले ग्रेटवाल, फर्बिडन सिटी, समर प्यालेस, नेसनल म्युजियम जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गरेका छन् । उनी मंगलबार नेपाल फर्किदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment