Comments Add Comment

कतार एयरवेजको २५ प्रतिशत छुट अफर

२७ साउन, काठमाडौं । कतार एयरवेजले नेपाली यात्रुहरुका लागि इकोनोमी क्लास र प्रिमियम क्याविन भाडामा २५ प्रतिशतसम्म छुट दिने भएको छ । आकर्षक छुटसहितको भाडामा यात्रुहरूले यूरोप, मध्यपूर्व, अफि्रका, अमेरिका लगायतका गन्तव्यहरुमा यात्रा गर्न सक्नेछन् ।

छुट प्राप्त गर्नका लागि १५ अगष्टसम्म कतार एयरवेजको टिकट बुकिङ गरिसक्नुपर्ने र डिसेम्बर १० तारिखसम्म यात्रा गरिसक्नुपर्ने हुन्छ । छुटसिहतकाे भाडा विश्वव्यापी कतार एयरवेज नेटवर्कभर गन्तव्यको विविधताका लागि लागू गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

नेपाली यात्रुहरुले कतार एयरवेजको साइट वा ट्राभल एजेन्सीमा गएर टिकट बुकिङ गरी छुटको फाइदा उठाउन सक्नेछन् ।

कतार एइरवेजका कन्ट्री म्यानेजर रामदास सिभरामले यो छुट कतार एइरवेजलाई मायाँ गर्ने यात्रुहरुलाई प्रदान गरेकाे बताए । उनले भने- पाँच तारे एयरलाइन्स कतार एयरवेजबाट उडान भर्ने सबै यात्रुहरुलाई म धन्यवाद दिन चाहान्छु ।’

कतार एयरवेजले स्थापनाको १७ वर्षको अवधिमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । अहिले १३४ एयरक्राफ्टबाट १४४ वटा बिजनेश र लिजर गन्तव्यहरुमा उडान भर्दै आएको छ । कतारले खासगरी यूरोप, मध्यपूर्व, अफ्रिका, एशिया प्यासिफिक र अमेरिकामा उडान भरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment