News Summary
Generated by OK AI. Editorially reviewed.- हिम पर्वत हाइड्रोपावरको ५९ लाख १५ हजार कित्ता आईपीओ आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकाका लागि खुला भएको छ।
- दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र विदेशमा रहेकाका लागि ४ लाख २२ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ।
- कम्पनीले दोलखामा २० मेगावाटको साँगुखोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ र इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ।
११ कात्तिक, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोडको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । जसमा दोलखा जिल्लाका बिगु गाउँपालिका तथा कालिन्चोक गाउँपालिकाका स्थानीय पर्दछन् । प्रभावित स्थानीयले छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्स्नेरन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २२ हजार ५ सय कित्ता सेयर खुला भएको छ । विदेश रहेकाले छिटोमा कात्तिक १६ तथा ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल रहेको छ ।
कस्तो छ कम्पनी ?
कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएकोछ । जसले दायित्व वहनमा मध्मस्तरको जनाउँछ । कम्पनीले दोलखामा २० मेगावाटको साँगुखोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत १८ करोड २५ लाख रुपैयाँ बराबर रहेको छ । साधारण लगानी फिर्ता अवधि ६.०९ वर्ष रहेको छ ।
गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा छ भने सञ्चित नाफा १६ करोड ५२ लाख रुपैयाँ बराबर छ ।
त्यस्तै कम्पनीले ५.५ मेगावाट क्षमताको साँगु खोला १ आयोजना पनि बनाएको छ । जसको लागत प्रतिमेगावाट २० करोड ९१ लाख रुपैयाँ बराबर छ ।
प्रतिक्रिया 4