Comments Add Comment

जिमेल र याहुमा अकाउण्ट खोल्दा फोन नम्बर अनिवार्य

gmail and yahooविश्वको सबैभन्दा लोकपि्रय इमेल सेवा जिमेल तथा याहुले अब नयाँ प्रयोगकर्ताका लागि टेलिफोन नम्बर अनिवार्य गरेका छन् । यो सँगै नयाँ जिमेल तथा याहु मेल अकाउण्ट खोल्दा आफ्नो फोन नम्बर भेरिफिकेसनको रुपमा अनिवार्य रुपमा दिनुपर्नेछ ।
पहिले जिमेलमा खाता खोल्दा फोन नम्बर आवश्यक नरहेको भएपनि अब अनिवार्य गरिएको गुगलले जनाएको छ । जिमेल अकाउण्ट खोल्दा फोन नम्बरलाई अनिवार्य गर्नुको मुख्य उद्देश्य भनेका स्पाम इमेल पठाउनेहरुलाई नियन्त्रण गर्नु रहेको बताइएको छ । गुगलले एउटा टेलिफोन नम्बर उल्लेख गरेर खोल्न सकिने अधिकतम जिमेल अकाउण्टको सीमा समेत तय गरिदिएको छ । तर एउटा टेलिफोन नम्बरबाट कतिसम्म खाता खोल्न सकिने भन्ने कुरा भने खुलाइएको छैन ।

gmail
जिमेलमा नयाँ खाता खोल्दा प्रयोगकर्ताले आफ्नो ल्याण्डलाइन वा मोबाइल नम्बर दुबैमा एक दिन सक्छन् । तर याहुमेलमा खाता खोल्दा भने मोबाइल नम्बर दिनु अनिवार्य हुनेछ ।

yahoo
याहुका प्रवक्ताले आफुहरु प्रयोगकर्ताको सुरक्षाका विषयमा प्रतिबद्ध रहेको बताउँदै खाता खोल्ने क्रममा आधिकारिकताको प्रयोजनका लागि आफ्नो मोबाइल नम्बर समेत दिन प्रयोगकर्तालाई आग्रह गरेका छन् । याहुले प्रयोगकर्ताको मोबाइल नम्बर दुरुपयोग नगर्ने र याहु मेलमा कुनै शंकास्पद गतिविधि देखिएमा अकाउण्टवालालाई जानकारी गराउन मात्र मोबाइल नम्बरको उपयोग गरिने उनको भनाइ छ ।
साथै गुगलले आफ्ना प्रयोगकर्तालाई कसैको दुव्र्यवहारबाट बचाउने आफ्नो उद्देश्य रहेको भन्दै खाता खोल्ने बेलैमा फोन नम्बरको माध्यमबाट प्रयोगकर्ताको आधिकारिकता पुष्टि गर्नु जिमेलको सिस्टममा स्मापर्सहरुले पार्न सक्ने खराबीबाट बचाउने प्रभावकारी उपाय रहेको दाबी गरेको छ ।
यद्यपि जिमेल र याहुको यो कदमलाई विश्लेषकहरुले भने इमेल प्रयोगकर्ताको गोपनियतामाथिको हमला भनि टिप्पणी गरेका छन् । एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment