Comments Add Comment

बिश्वकै पातलो फोन लिएर चिनियाँ जियोनी नेपाल आउँदै

Gioni-Mobile

२७ साउन, काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी अब नेपाली बजारमा भित्रिने भएको छ ।

बिश्वका करिव ४० मुलुकमा बाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्रि गर्दै आएको जियोनीले नेपालको अग्रणी मोबाइल बितरक कम्पनी टेलिटक प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

मंगलबार काठमाण्डौमा त्यससम्बन्धी समझदारीपत्रमा जियोनीका तर्फबाट वान र टेलिटकका प्रबन्ध निर्देशक रोहित गुप्तावीच समझदारीपत्रमा हस्ताक्षर भयो । जियोनीका मोबाइल सेट सेप्टेम्बर पहिलो सातादेखि नेपाली बजारमा बिक्रि सुरु हुने छ ।

जियोनीले नेपालमा उत्कृष्ट गुणस्तरका सेट बिक्रिसँगै बिक्रिपछिको सेवामा पनि ध्यान दिने वानले कार्यक्रममा जानकारी दिए । टेलिटकसागको सहकार्यले आफ्नो ब्रान्ड नेपाली ग्राहकमाझ छिट्टै लोकपि्रय हुने उनले विश्वास व्यक्त गरे ।

जियोनी मोबाइलले नेपाली बजारमा एक वर्षमै उत्कृष्ट तीनको रुपमा आउने र दुई वर्षमा पहिलो हुने लक्ष्य लिएको छ ।

भारतमा राम्रो अनुभव बटुलेको जियोनीले नेपालमा ५ वटा विभिन्न मोडलको  स्मार्ट फोन र २ फिचर फोन बजारमा ल्याउने छ । विश्वको सबैभन्दा पातलो मोबाइल भ्षिभक्छ।छ सेट पनि नेपाली बजारमा चाँडै बिक्रीमा ल्याइने छ ।

Gionee-Elife-S5-final

फिचर फोनको मूल्य ३ हजारदेखि सुरु हुने र उच्च गुणस्तरका स्मार्टफोनको मूल्य १५ देखि ३५ हजार रुपैयाँसम्म पर्ने टेलिटकका प्रबन्ध निर्देशक गुप्ताले जानकारी दिए ।

जियोनी मोबाइलले सन् २००२ देखि संसारकै उत्कृष्ट गुणस्तरका हृयाण्ड सेटहरु ग्राहकसमक्ष पुर्‍याउँदै आएको छ । भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० देशमा जियोनीले वाषिर्क २ करोड ५० लाख हृयाण्डसेट बिक्री गर्दै आएको जियोनीले बताएको छ ।

१५०० युवा अनुसन्धानकर्ता र अविष्कारकर्ताहरुको समूह जियोनीको मुख्य बिशेषता भनेकै आफ्नै डिजाइन, आफ्नै उत्पादन र आफ्नै अनुसन्धान तथा विकास हो ।

करिव ८ हजार जनशक्ति कार्यरत कम्पनीले बाषिर्क ४ करोड हृयाण्डसेट उत्पादन गर्छ जसले निकट भविष्यमा उत्पादन क्षमता दोब्बर बनाउँदै छ । यो कम्पनी १६० मिलियन डलरमा स्थापना भएको हो ।

टेलिटकले नेपाली बजारमा कलर्स र स्पाइस मोबाइल आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । नेपालमा कलर्स र स्पाइसको बजार घटेर नभई उत्कृष्ट ब्रान्डलाई नेपाली बजारमा भित्राउन जियोनी कम्पनीसँग साझेदारी गरेको प्रबन्ध निर्देशक गुप्ताले बताएका छन् ।

यस्तो छ संसारकै पातलो स्मार्टफोन जियोनी इलिफ(भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment