बिश्वकै लोकप्रिय मोबाइल बेब ब्राउजर ‘ओपेरा’ले नेपालका एनसेल मोबाइल प्रयोगकर्ताका लागि सजिलो ओपेरा मिनी भर्सन उपलब्ध गराएको छ ।
ओपेरा र एनसेलको सहकार्यमा सुरु यो सेवाअन्र्तगत एनसेल डाटामार्फत् इन्टरनेट चलाउने प्रयोगकर्तालाई सजिलो भर्सनको ब्राउजर उपलब्ध हुन्छ । जसमा कस्टुमाइज्ड युजर इन्टरफेस उपलब्ध हुन्छ । जसबाट आफुले चाहेको वेबसाइट खोल्न सजिलो हुनुका साथै डाटाको पैसा पनि कम खर्च हुन्छ ।
यदि तपाईले एनसेल डाटामार्फत् इन्टरनेट चल्ने मोबाइलमा रहेको कुनै पनि ब्राउजरबाट m.opera.com टाइप गर्नुभयो तपाई सिधै एन्ड्रोइड वा आईओएस एप डाउनलोड अप्सनमा जानुहुनेछ । त्यहाँबाट ओपेरा मिनी एप डाउनलोड गरेपछि तपाईले एनसेलको कस्टुमाइज्ड ओपेरा भर्सन प्रयोग गर्न सक्नुहुने छ ।
ओपेरा मिनीको बिशेषता भनेकै युजरफ्रेन्डली हुनु हो । त्यसका लागि ओपेरा मिनीमा बिभिन्न सुबिधाहरु राखिएका छन् ।
एनसेल भर्सनको ओपेरा मिनीको होमपेजमै एनसेलको साइट तथा बिभिन्न सेवा एक्सेस गर्ने थम्नेलहरु राखिएका छन् । एनसेल भर्सनको ओपरा मिनी र सामान्य ओपेरा मिनीको फरक यही हो ।
ओपेरा मिनीले वेबसाइट खोल्दा साइटको हेभी डाटा कम्प्रेस गर्ने हुनाले ९० प्रतिशतसम्म इन्टरनेट डाटा बचत हुने उसको दावी छ ।
‘सर्भर साइट रेन्डरिङ'(एसएसआर) बिधि प्रयोग गरेका कारण कम डाटा खपत हुने उसको दावी छ । ओपेरा मिनीको हेल्प अप्सनमा गएर कति प्रतिशत डाटा बचत भयो भन्ने जान्न सकिन्छ ।
प्रतिक्रिया 4