Comments Add Comment

स्नापच्याटले उछिन्यो टि्वटरलाई, यी हुन् विश्वका लोकप्रिय सोसल मिडिया एप

snapchatसोसल मिडिया एपको दुनियामा स्नापचाटको लोकपि्रयता चुलिने क्रममा रहेको छ । टि्वटरलाई पछार्दै स्नापचाट विश्वका सबैभन्दा लोकपि्रय सोसल मिडिया एपको तेश्रो नम्बरमा उक्लिन सफल भएको छ ।
हालैको एक प्रतिवेदनले सोसल मिडिया एपको प्रयोगकर्ता मध्ये एक तिहाइले स्नापच्याटको प्रयोग गर्ने ग्ारेको देखिएको छ । १८ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्तामा गरिएको अध्ययन अनुसार गएको नोभेम्बर यता स्नापच्याट प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।
सोसल मिडिया एपमध्ये फेसबुक निकै फराकिलो अन्तर सहित पहिलो स्थानमा छ र ७५ प्रतिशत भन्दा बढिले फेसबुक एपको प्रयोग गर्ने ग्ारेका छन् । दोश्रो स्थानमा रहेको इन्टाग्रामका प्रयोगकर्ता झण्डै ४३ प्रतिशत छन् । स्नापच्याटका प्रयोगकर्ता ३२.९ प्रतिशत छन् भने टि्वटर एपका प्रयोगकर्ता २३.८ प्रतिशत ।
२५ देखि ३४ वर्ष उमेर समूहका मानिसमा समेत स्नापच्याटको लोकपि्रयता बढिरहेको देखिएको छ ।
डिजिटल दुनियाको अध्ययन अनुसन्धान तथा विश्लेषण प्रस्तुत गर्ने कम स्कोर को पछिल्लो रिपोर्टले यस्तो देखाएको छ । रिपोर्ट अनुसार सोसल मिडिया एपमा टि्वटरपछि पिन्टरेस्ट, गुगल प्लस तथा भाइन रहेका छन् भने टम्बलर सबैभन्दा पुछारमा रहँदै ६.३ प्रतिशत प्रयोगकर्ता हासिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment