Comments Add Comment

भदौ २६ देखि सुबिसु क्यान सफ्टेक मेला

२९ साउन, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले भदौ २६ गतेदेखि २९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सुबिसु क्यान सफ्टेक आयोजना गर्ने भएको छ ।

Can-Infotechत्यसैगरि, सुबिसु क्यान इन्फोटेक माघ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डमा आयोजना गर्न लागेको क्यानले आइसिटी कन्फरेन्स माघ १८ र १९ गते आयोजना गर्ने क्यानले जानकारी दिएको छ ।

क्यानले यसपटक आयोजना गर्ने तीनवटै कार्यक्रमको शीर्ष प्रायोजक सुबिसु केवलनेट प्रालि रहेको छ । क्यानले वर्षेनि आयोजना गर्ने सूूचना तथा संचार प्रविधि मेलालाई सुबिसुले मुख्य प्रायोजन गर्नुको उद्देश्य, देशको सुचना, संचार र प्राबिधिक क्षेत्रमा सहकार्य गरी यस क्षेत्रलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।

यसैगरी तीनवटै कार्यक्रमको एशोसिएट स्पोन्सरको रुपमा नेपालमा सफ्टवेयर तथा हार्डवेयरको क्षेत्रमा कार्यरत नियोटेरिक नेपाल रहेको छ भने अफिसियल बैंकको रुपमा सिद्धार्थ बैंक रहेको छ ।

मुलुकमा सूूचना तथा संचार प्रविधिको विकास विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता कार्यक्रमहरु क्यानले वर्षै पिच्छे गर्दै आईरहेको छ । नेपाललाई सूूचना तथा प्रविधिको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीति निर्माण तथा विकासमा टेवा पुर्‍याउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने क्यानले अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment