Comments Add Comment

टेलिकमले कमायो ११ अर्ब ६८ करोड, खासै बढेन सेवा बिक्री अाम्दानी

३० साउन, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गत आर्थिक वर्षमा उल्लेख्य नाफा बढाउन सकेन । टेलिकमले यस अवधिमा ११ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मात्र खुुद नाफा गरेको छ ।

NTCजुन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ३८ करोड रुपैयाँले मात्र बढी हो । अघिल्लो अर्थिक वर्षमा टेलिकमले ११ अर्ब २९ करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले सेवा बिक्रीबाट ३५ अर्ब ५८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड १४ लाख ८ हजार रुपैयाँ हुने यस्तो आम्दानी गरेको थियो ।

अन्य आम्दनीसहित कम्पनीले गत आर्थिक वर्षमा ३९ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३८ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ भएको थियो ।

कम्पतीको गत आर्थिक वर्षमा २३ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये कर्मचारी खर्च ४ अर्ब ९२ करोड ६५ लाख, अप्रेशन तथा मेन्टेनेन्समा ६ अर्ब ८३ करोड २७ लाख, प्रशासनिक खर्च १ अर्ब ७४ करोड ९४ लाख, रोयल्टीमा १ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरि, ग्रामिण टेलिकम विकास कोषमा योगदान ७१ करोड १६ लाख, ग्राहको निक्षेपमा ब्याज खर्च ४ करोड २८ लाख, ह्रासकट्टी ३ अर्ब, ७८ करोड ७७ लाख, लाइसेन्स शुल्क ३ अर्ब ३५ करोड ४० लाख र फि्रक्वेन्सी शुल्कमा ८४ करोड ९ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ८.४२ गुना, प्रतिशेयर नेटवर्थ ३८३ रुपैयाँ ९१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment