३० साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि नेपालले हिंसाको बाटोमा हिँडेका विश्वभरका नौजवानहरुलाई शान्तिको बाटोमा आउन उत्कृष्ट सन्देश दिइरहेको बताएका छन् ।
हिन्दूस्तान स्वतन्त्रताकोे ६८ औं दिवसका अवसरमा भारतको लालकिल्ला मैदानबाट विश्वलाई सम्बोधन गर्दै मोदीले भने ‘बुद्धको जन्मभूमि नेपालले आज हिंसाको बाटोमा लागेका विश्वभरका नौजवानहरुलाई शान्तिको बाटोमा फर्किन उत्कृष्ट सन्देश दिइरहेको छ । भारत भूमिबाट हामीले किन नेपालको सन्देशलाई नमन नगर्ने ?’ ।
आफूले भर्खरै नेपाल भ्रमण गरेको र सार्वजनिक रुपमै विश्वलाई आकषिर्त गर्ने भाषण नेपालको संविधानसभामा दिएको प्रसंग उल्लेख गर्दै मोदीले युद्धबाट बुद्धको बाटोमा जानेहरुका लागि नेपाल विश्वमै उत्कृष्ट नमूना बनेको बताए ।
मोदीले नेपालका माओवादीतर्फ संकेत गर्दै भने ‘एक जनामा नेपालका नौजवानहरु हिंसाको बाटोमा थिए । तर, आज तीनै नौजवान संविधान पर्खिएर बसेका छन्, तीनका नेताहरु अहिले लोकतान्त्रिक संविधान बनाउने काममा खटिएका छन्’ ।
नेपालबाट पाठ सिक्न मोदीको आग्रह
मोदीले शस्त्र छाडेर शास्त्रको बाटोमा हिड्नका लागि नेपालका माओवादीले विश्वलाई सन्देश दिएको भन्दै मोदीले भारतका माओवादीलाई पनि नेपाली माओवादीबाट सिक्न आग्रह गरे । मोदीको सम्बोधन विश्वभरका करीब ५ अर्ब मान्छेले प्रत्यक्ष हेरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4