Comments Add Comment

निगमका अध्यक्ष न्यौपानले पदभार सम्हाले, भने- सहकार्य गरेर अगाडि बढ्छु

nac-photo

३० साउन, काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष शिवशरण न्यौपानेले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरिसकेपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै न्यौपानेले विमान सेवालाई समुन्नत र सुरक्षित बनाउन सबैको प्रयास आवश्यक रहेको बताए ।

निगमलाई व्यावसायिक रुपमा अगाडि बढाएर खुम्चिदो क्षेत्र विस्तार गर्दै गन्तव्य बढाउने, यात्रुहरुलाई सन्तुष्टी प्रदान गर्ने र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव बढाउनेतर्फ सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै उनले सामुहिक प्रयासबाट यी लक्ष्य पुरा गर्ने दृढता व्यक्त गरे ।

‘संस्था सम्पन्न हुनु भनेकै त्यहाँ कार्यरत जनशक्ति सम्पन्न हुनु हो र सम्पन्नताको अवस्थामा कर्मचारीहरुको सुविधा बृद्धिमा निगमले हात खुकुलो पार्न सकिन्छ’ न्यौपानले भने । गन्तव्य निर्धारण गर्दा लगानी र प्रतिफललाई विश्लेषण गर्नुपर्ने बताउँदै उनले विमान, प्राविधिज्ञ र बजारको समन्वयमा नै संस्थाले गतिलिने दाबी गरे ।

न्यौपानेले सहभागितामूलक व्यवस्थापनमा आफू विश्वास गर्ने भएकाले कर्मचारीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने, गूट र पक्षपातमा विश्वास नगर्ने विचार समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा निमित्त महाप्रवन्धक डा. किरण पौडेल क्षेत्री राणाले विमानसेवासँग पूर्ण रुपमा परिचित नव नियुक्त अध्यक्षले निगमको विकासमा ठोस योगदान दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment