Comments Add Comment

अब बिजुलीले होइन आफ्नै आवाजले चार्ज गर्नेछ मोबाइल

Phone_Charge_Sound

मोबाइल चार्ज गर्न बत्ति बाल्ने बिजुली चाहिन्छ । लोडसेडिङ भइरहने बेलामा मोबाइलको चार्ज सकिँदा निकै दुख हुन्छ कहिलेकाहीँ । तर अब भने विजुली नभएपनि फरक पर्ने छैन । आवाजले नै तपाइँको मोबाइल चार्ज हुनेछ ।
हो, वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसको प्रयोगबाट निकट भविष्यमा गाडिको आवाज, संगीतको धून तथा रंगशालाको तालीको गडगडाहटबाट होइन आफ्नै आवाजबाट समेत मोबाइल फोन चार्ज गर्न सकिनेछ ।
बेलायतको क्विन म्यारी विश्वविद्यालयका वैज्ञानिकहरु तथा नोकिया कम्पनीका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको अनुसनधानबाट यस्तो उर्जा संचय गर्ने नानो जेनेरेटर निर्माण गरिएको छ जसले आवाजलाई विद्युत शक्तिमा रुपान्तरण गर्नेछ र सो उर्जालाई मोबाइल चार्ज गर्नमा प्रयोग गर्न सकिनेछ । यो यन्त्रले ट्राफिक, म्युजिक तथा मोबाइल प्रयोगकर्ताको आफ्नै व्यक्तिगत आवाजलाई समेत उर्जाको रुपमा संचय गर्न सक्छ ।
वैज्ञानिकहरुले जिंक अक्साइडलाई नानो रडको रुपमा प्रयोग गरेका छन् जसलाई तन्काउँदा वा खुम्चाउँदा भोल्टेज सिर्जना भई चालको शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गर्न सक्छ ।
यी नानो रडलाई नानो जेनेरेटरको विभिन्न सतहमा लेपन गरी उर्जा संचयलाई अझ बढि ससक्त बनाउन सकिने वैज्ञानिकहरुको भनाइ छ । यस्तो सतहमा जति बढि खुम्चाइयो तथा तन्काइयो उति बढि भोल्टेज करेण्ट उत्पादन भई संचय हुन्छ ।
यी नानो रडले ध्वनीबाट उत्पन्न हुने कम्पन तथा चालबाट सक्रियता हासिल गर्छन् र चालशक्तिलाई विद्युत शक्तिमा परिणत गर्छन् ।
यसरी निर्माण गरिने नानो जेनेरेटरले ५ भोल्ट करेण्ट उत्पादन गर्छ जुन मोबाइल फोन चार्ज गर्न पर्याप्त हुन्छ । म्यासेबल डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment