Comments Add Comment

कृषि विकास बैंकले बाँड्याे ‘ग्रिनकार्ड इलाम’

३१ साउन, इलाम । कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित साँवा, ब्याज तिर्ने ४० जना ग्राहकलाई ग्रिनकार्ड (असल ग्राहक परिचयपत्र) प्रदान गरेको छ ।

नियमित रूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले आव २०७०/०७१ मा ग्रिनकार्ड वितरण गरेको हो । अघिल्लो वर्ष २७ जनाले ग्रिनकार्ड पाएका थिए । इलाम नगरपालिकासहित २१ वटा गाविसमा आˆनो कार्यक्षेत्र रहेको यस बैंकका एक हजार २०० जनाभन्दा बढी ग्राहकमध्ये अहिलेसम्म करिब ६०० जनालाई ग्रिनकार्ड वितरण गरिएको बैंककी लेखापाल शशीकला जोशीले बताए ।

गि्रनकार्ड प्राप्त ग्राहकको सिफारिसमा अन्य ऋणीलाई ऋण उपलब्ध गराउन सहज हुनेसमेत उनको भनाइ छ । लिएको ऋणको दुई वर्षसम्म मासिक रूपमा ब्याज, साँवा भुक्तानी गर्ने ऋणीलाई बैंकले असल ऋणीको रूपमा ग्रिनकार्ड वितरण गर्ने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment