Comments Add Comment

भाटभटेनीको अनामनगर स्टोरमा ग्राहकको भिडभाड

Bhatbhateni-new-branch-Anamnagar-1

भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोरले राजधानीको अनामनगरमा सातौं शाखा सञ्चालनमा ल्याएको छ । शनिबारदेखि विधिवत रुपमा सञ्चालनमा आएको स्टोरमा ग्राहकहरुको भिड लागेको छ ।

सञ्चालनमा आएकै दिन शनिबार स्टोरमा ग्राहकहरुको भिड थामिसक्नु थिएन । बाहिर सडकदेखि चौथो तलासम्म ग्राहकको बेलुका अबेरसम्म भिड देखिन्थ्यो । बानेश्वर, अनामनगर, बुद्धनगर, बबहरमहल, घट्टेकुलो क्षेत्रका बासिन्दाहरु सुविधासम्पन्न सपिङ कम्पलेक्सको खोजीमा रहेका बेला सञ्चालनमा आएको भाटभटेनी स्टोरमा ग्राहक तानिएका हुन् ।

भाटभटेनीका अन्य स्टोरहरुमा जस्तै अनामनगरमा पनि दैनिक आवश्यक बस्तुहरुका साथै लुगाकपडा, श्रंगार सामाग्री, इलेक्ट्रोनिक्सका समान, फर्निचर, खाद्यवस्तु लगायतका सम्पूर्ण समान उपलब्ध हुने बताइएको छ । सञ्चालनमा आएको अवसर पारी भाटभटेनीले अनामनगर स्टोरमा ग्राहकहरुलाई सबै प्रकारका समानको खरिदमा १० प्रतिशत छुट दिएको छ ।

अाफुले चाहेका वस्तुहरु छुटमा खरिद गर्न पाइने भएकाले पनि ग्राहकहरुको आकर्षण देखिएको हुन सक्छ । ग्राहकहरुको भिड पन्छाउन त्यहाँ कार्यरत कर्मचारीहरुलाई समेत हम्मे-हम्मे परेको थियो । स्टोरमा पुगेका अधिकांश ग्राहकहरुले केही न केही खरिद गरेर लगेको एक कर्मचारीले अनलाइनखबरलाई बताए ।

bhatbhatani 650

ग्राहकको भिड बढेपछि स्टोरभित्र गर्मी भएको थियो । त्यहाँ चलेका फेनहरुले गर्मी धपाउन सकेको थिएन् । शनिबारको दिन भएर पनि होला आफ्नै घर छेउमा खुलेको सुविधा सम्पन्न सपिङ स्टोरमा साना बच्चादेखि बुढाबुढीसम्म देखिन्थे ।

यस क्षेत्रमा अहिलेसम्म सुविधासम्मन्न सपिङ स्टोर खुलेको थिएन । खर्च गर्न सक्ने मानिसको जमात बसोबास गर्ने क्षेत्रमा खुलेको भाटभटेनी सुपरमार्केटले ग्राहकहरुबाट राम्रो मायाँ पाउने निश्चित देखिन्छ । त्यसो त देशकै प्रशासनिक क्षेत्र सिंहदरबार समेत यही पर्छ । यहाँ कार्यरत कर्मचारी, मन्त्रीहरु, नेता तथा संासदहरु एकपटक भाटभटेनी पसेर घर जाने सम्भावना रहन्छ ।

भाटभटेनी सुपरमार्केटले यसअघि नै काठमाडौंमा ५ वटा र पोखरामा एउटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । भाटभटेनीका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पाटन र पोखराको न्यू रोडमा स्टोर सञ्चालनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment