Comments Add Comment

ओस्कारमा कुन-कुन भिड्दै छन् नेपाली चलचित्र ?

oskarकाठमाडौ । ओस्कार अवार्डको तिथी नजिकिँदै जाँदा विश्वभरका फिल्म निर्देशक आफ्नो फिल्म ओस्कार अवार्डमा दर्ता गराउन लागि परेका छन् । यसैक्रममा तीन नेपाली निर्देशक ओस्कारका लागि भिडेका छन् । तीनजना  निर्देशक यादब भट्टराई, प्रबिण श्रेष्ठ र रामबाबु गुरुङलले नेपाल स्थित एकेडमी अवार्डको कार्यालयमा आफ्नो फिल्म दर्ता गराएका छन् ।

फिल्म दर्ता गराउने अन्तिम म्याद आईतवारसम्म भएकाले आजै मौन पनि दर्ता हुन सक्ने सम्भावना छ । एकेडमी अवार्ड विदेशी भाषा सर्वोत्कृष्ठ छनौट समिती नेपालका सदस्य चीरञ्जीबी गुरागाईका अनुसार आईतवार ५ बजेसम्म ओस्कारका लागि फिल्म दर्ता गर्न पाईन्छ ।

भट्टराई निर्देशित ‘झोला’ सतीप्रथा माथि आधारित फिल्म हो भने, यस फिल्ममा एकसय अघि वर्षको समाजलाई चित्रण गरिएको छ । विषयबस्तु र प्रस्तुतिको हिसाबले बलियो मानिएको झोलामा गरिमा पन्तले मुख्य भुमिका निर्वाह गरेकी छिन् । झोलावाटै गरिमाले राष्ट्रिय सम्मान समेत पाईसकेकी छिन् ।

गायक एवं निर्देशक प्रविण श्रेष्ठले आफ्नै जीबनकथामा बनाएको चलचित्र ‘मोक्ष’ लाई पनि दर्शकले राम्रो मानेका थिए । यद्यपि मोक्षले ब्यापार भने राम्रो गर्न सकेको थिएन । संगीत र पटकथा राम्रो मानिएको ‘मोक्ष’ मा बेनिशा हमाल र कोसिस क्षेत्रीले मुख्य भुमिका निर्वाह गरेका थिए ।

रामबाबु गुरुङ निर्देशित कबड्डीमा मुस्ताङको थकाली गाउँको विषय उठाईएको छ । मुस्ताङ र थकाली परिवेश नेपाली समाजकै मौलिक संस्कृतिमा पर्छ । दयाहाङ राईको मुख्य भुमिका रहेको कबड्डी केही दिनअघि प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment