Comments Add Comment

सासुसँग ‘म्यारिज’ खेल्ने धुर्मुस साली नहुँदा बिरक्तिन्छन्

dhurmus
१ भदौ, काठमाडौ । हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुश’ साली नहुँदा बेलाबेला नरमाईलो मान्दा रहेछन् । उनको आफ्नै साली छैनन् । सासु आमाका दिदी बहिनी पटि्ट आधा दर्जन साली भएपनि उनीहरुसंग जिस्कने अवसर पाएका रहेनछन् । ‘प्राय सबै सालीहरुको बिबाह भैसकेकाले पनि जिस्किने चेष्टा गर्दिन ।’ नयाँ पत्रिकासँगको कुराकानीमा धुर्मुसले भने -‘सालीलाई जिस्क्याउनु भन्दा पहिल्यै मलाई साँढुभाईहरुको अनुहारको याद आउँछ ।’

बिबाह अघि र पछि ससुराली घरछेउ चापागाउँमा बसोबास गर्दै आएका धुर्मुशलाई ससुराली जान ठुलै चाड आउन पर्दैन् । तै पनि हत्तपत्त जाँदैनन् । विना काममा ससुराली जान हुन्न भन्ने मान्यता राख्ने धुर्मुश चाडवाड भने छुटाउँदैनन् ।
सालोका बिहेमा तीन दिन तीन रात ससुराली बसेका धुर्मुश त्यसपछि कहिल्यै एकरात भन्दा बढी ससुराली बसेका छैनन् । ज्वाई आएको बेला चौरासी ब्यन्जन तयार पार्ने उनकी सासु आमाले धेरै खान उर्दि जारी गरेको उनलाई मन पर्दोरहेनछ । तर, अरु कुरामा सासु एकदम ठिक भएको बताए । गाउँघरमा सासुले दोहोरी गाएको देखेका धुर्मश सासुआमाको म्यारिज खेल्ने शैलिवाट पनि प्रभावित रहेछन् । ज्वाई सासु बसेर म्यारिज खेलेको ससुराबालाई मन पर्दैर अरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment