+
+

प्रशान्त तामाङ फेरि लाहुरे, गीत गाएर आउलान् त दर्शक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २ गते १०:४३

prasant-tamang‘तेश्रो ईन्डियन आइडियल’ प्रशान्त तामाङ यतिबेला आफ्नो नयाँ चलचित्र ‘निशानी’को प्रचारमा व्यस्त छन् । धरानमा सिनेमाको निर्माणपक्षले आयोजना गरेको सांकृतिक कार्यक्रममा प्रशान्तले आफ्ना चर्चित गीतहरु गाएका थिए ।

धरानको भानुचोकमा आयोजना भएको कार्यत्रममा प्रशान्तले ‘निशानी’को साथै विभिन्न हिन्दी गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिए । फिल्मका निर्माता एवं कलाकार प्रेम सुब्बाले धरान लाहुरेको शहर भएको भन्दै ‘निशानी’ले पनि यस्तै कथा बोकेकाले हेरिदिन आग्रह गरेका थिए ।

नायक तथा गायक प्रशान्त तामाङले ‘गोर्खापल्टन’ पश्चात आफू फेरि लाहुरे बनेर पर्दामा आउन लागेको भन्दै सिनेमा हेरेर प्रतिक्रिया दिन आग्रह गरे । धरानका पत्रकार अर्पण ढकालका अनुसार, खराब मौसका बाबजुत पनि कार्यक्रम हेर्न दर्शकको उल्लेख्य भिड लागेको थियो । यो सिनेममा भदौ २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?