+
+

गरिमा भन्छिन्-‘हामी कलाकार बन्यौं, सेलिब्रेटी बन्न सकेनौं”(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १०:२३

garima-panta

 

नेपाली सिने उद्योगका सेलिब्रेटीहरुबारे बेलाबेला टिप्पणी हुन्छ- यहाा ‘स्टार भ्यालु’ भएका कलाकार कोही भएनन्, कलाकार सेलिबि्रटी बन्न सकेनन् ।’ अहिलेका जल्दाबल्दा कलाकारलाई पनि यस्तै लाग्छ ? ‘झोला’मार्फत् आफ्नो अभिनय क्षमतालाई सावित गरिसकेकी नायिका गरिमा पन्तले यो तथ्यलाई सहजै स्वीकारिन् ।

अनलाइनखबरसँग कुरा गर्दै गरिमाले आफूहरु ‘कलाकार त बनेको तर, सेलिब्रेटी बन्न नसकेको’ बताइन् । नजिकको तीर्थ हेला भएकाले पनि नेपाली कलाकारले ‘सेलिब्रेटी भ्यालू’ बनाउन नसकेको तर्क गरिन् ।

उनले अभिनय गरेका फिल्मले राम्रो सफलता पाए, अनि गरिमाको अभिनयको पनि निकै तारिफ भयो । तर, उनले आफुमा कुनै परिवर्तन नआएको बताइन् । नेपाली कलारकारहरु चाँडो चर्चा कमाउँ भन्नेतिर लागेको भन्दै गरिमाले भनिन्- ‘मेरो छवि बचाइराख्न सधै चनाखो छु ।’

आर्थिक र प्राविधिक कारणले नेपाली सिनेमा उद्योग पछि परेको गरिमाको तर्क छ । नेपाली सिनेमा नगरीमा नारीप्रधान चलचित्र पछिल्लो समय बन्न थालेकोमा उनले सन्तोष जनाइन् ।

गरिमाले आफ्नो नजरमा राजेश हमाल र रेखा थापा नम्बर १ रहेको बताइन् । उनले भनिन्-बााकी सवै नम्बर २ हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?