Comments Add Comment

३१ बर्षमा लागिन् रेखा थापा, जान्नुहोस् उनका अारोह-अवरोह

rekha-thapa

चलचित्र ‘हिरो’ मार्फत नेपाली सिने नगरीमा प्रवेश गरेकी नायिका रेखा थापा ३१ वर्षकी पुगेकी छन् । अाजकै दिन श्रीकृष्ण श्रेष्ठको १३ अाैं दिनको पुण्य तिथि परेकाले अाफ्नो जन्मदिन भने नमनाउने भएकी छन् ।

उनी आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । गतबर्ष ३० बर्षमा प्रवेश गर्दै गर्दा उनले अब आफू बच्चा नरहेको बताएकी थिइन् । छविराज ओझासँगको बैबाहिक जीवनलाई पूर्णविराम लगाउँदै नयाँ यात्राको थालनी गरेकी उनी ‘हिम्मतवाली’ सिनेमाबाट निर्देशक पनि भएकी छिन् । भाद्र ५ गते पर्ने आफ्नो जन्मदिनमा उनी केही नयाँ काम गर्न रुचाउँछिन् ।

गतबर्ष एक संस्थासँग मिलेर द्धन्द्धपिडित बालबालिका पढाउने र पाल्ने निर्णय गरेकी उनले यसपश्चात भने रेखा थापा फाउन्डेशनकै स्थापना गरिन्।

स्क्यान्डल, गसिप र विवादको घेरामा सधै नै रहन रुचाउने नायिका थापा विगत १० बर्षदेखि सिने नगरीमा सधै नै चर्चामा छिन् । रेखा थापालाई जन्मदिनको शुभकामना ।

यसरी सुरु भएको थियो रेखा थापाको फिल्मी जीवन

रेखा थापा ३० वर्ष पूरा भएर ३१ लागेको खबर सार्वजनिक भईरहेको बेला उमेरकै वारेमा प्रश्न गर्नेहरु थुप्रै छन् । उनी कति वर्ष पुगिन् वा लागिन् आफै जानुन् ।
नेपाली रजतपटमा केही वर्ष ‘नम्बर वान हिरोईन’ को उपाधी कब्जा गर्न सफल रेखालाई बाठी केटि पनि भन्छन् । बिराटनगरमा जन्मेकी रेखा नेपाली फिल्ममा प्रवेश गरेको डेढ दशक बढि भयो ।

एसएलसी दिएर घुम्न आउँदा हिरोईन

डेढ दशकअघि एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिईन् । त्यहि बेला नमस्ते नेपालका सञ्चालकद्धय छविराज ओझा र नरेश पौडेल नयाँ फिल्म ‘हिरो’ का लागि हिरोईनको खोजीमा थिए । नयाँ हिरोईनलाई स्थान दिने निर्माताका रुपमा उनीहरु स्थापित भईसकेका थिए ।

सञ्चालकद्धय पौडले र ओझासँगको पहिलो संवाद नै उनका लागि फलिफाप भयो । ‘हिरो’मा सहायक हिरोईनको भूमिकामा देखिएकी रेखाले सोही फिल्मका निर्माता छविराज ओझाको जीवनमा भने मुख्य भुमिका निर्वाह गरिन् ।

निर्मातासँग प्रेम

सोही फिल्ममा काम गर्दा छवि ओझा र रेखाविच अफयेयर सुरु भएको थियो । तर, उनीहरुको सम्बन्ध १० बर्ष पनि टिकेन र सहमतिमै छुट्टिए ।

रेखा र छविविच बैबाहिक सम्बन्ध कायम भएपछि छवि र नरेशले पार्टनरसिपको पुरानो सम्बन्धलाई पनि पूर्ण बिराम लगाए । रेखा चर्चित हुँदै जाँदा छवि र नरेशविच ‘मेरो कारण रेखा हिट’ भन्ने होड पनि चल्यो केही समय । नरेश आफ्नो निर्देशनको कारण रेखा हिट भएको भन्थे भने छबी ब्यानरमा आफ्नो नाम जोड्थे । यहि विवादका कारण केही वर्ष नरेश र रेखाले बोलचालै बन्द गरे ।

बोल्ड हिरोईन
आधा दर्जन फिल्ममा काम गरिसक्दा नसक्दै रेखा स्थापित भईसकेकी थिईन् । बोल्ड हिरोईनको अभाव महसुस् भईरहेको बेला नेपाली फिल्म उद्योगमा प्रवेश गरेकी रेखाले कहिल्यै पछाडी फर्किनु परेन । यतिसम्म कि फिल्म वितरकले रेखालाई लिए फिल्म चल्छ भन्ने सन्देश समेत दिए एकताक ।

छवि ओझाको श्रीमति भएपछि नै रेखाले छविकै सहयोगमा निर्माणमा समेत हात हालिन् । निर्देशक एवं बितरकहरुसँग उनको सम्बन्ध राम्रै थियो । तर, चल्तिका हिरोहरुसँग उनको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन ।

rekha-thapa-and-aryan-sigde
हिरोहरुसँग सधै पानी बाराबार
निखिल उप्रेतीसँग बिबाद भएपछि हिरोहरुसँग खराब सम्बन्ध सुरु भएको थियो उनको । निखिलसँग सम्बन्ध बिगारेर बिराज भट्टलाई साथी बनाएकी रेखाले बिराजसँगको सम्बन्धलाई पनि स्थायित्व दिन सकिनन् । उज्वल घिमिरे निर्देशित ‘किस्मत’ रिलिजपछि बिराजसँग उनको सम्बन्ध बिग्रेको थियो ।

बिराजसँगको दोस्ती भंग भएलगत्तै आर्यान सिग्देलसँग सम्बन्ध सुधारेकी रेखाले त्यो सम्बन्धलाई पनि दिगो बनाउन सकिनन् । ‘कसले चोर्‍यो मेरो मन’ रिलिज हुँदै गर्दा उनिहरुको सम्बन्ध बिगि्रसकेको थियो । एकसमय त यस्तो पनि भयो, आर्यान र रेखाले एकअर्काको सक्दो आलोचना गरे ।

आर्यानसँग सम्बन्ध बिग्रेकै भएकै बेला अर्का नायक आयुष रिजालसँग उनको दोस्ती सुरु भयो । कतिले अनुमान पनि गरे आर्यानको बदलामा रेखाले आयुषलाई लिएर आईन् । तर, आयुषले आर्यानको ठाउँ ओगट्न सकेनन् ।

प्रचण्डसँगको सम्बन्ध
मुलुकमा गणतन्त्र आए लगत्तै मुलुकमा शसस्त्र बिद्रोह गरेर आएको पार्टी माओवादीको प्रभाव शहरदेखी गाउँसम्म बिस्तारित भयो । यहि मेसोमा डेढसय बढी कलाकार माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर ‘लालसलाम’ गर्दै माओवादीमा प्रवेश गरे ।

त्यहि भिडमा मिसिएकी रेखा केही समयपछि प्रचण्डको साथी जस्तै बनेर निस्किईन् । माओवादीले गरेको आम हडतालमा प्रचण्डसँगै लोकगीत गाएर नाचेकी रेखाले चलचित्र विकास बोर्डको अध्यक्ष पदको दाबी समेत गरिन् ।

श्यामलाई  हटाएर आफै निर्देशक
अहिले उनको सम्पूर्ण ध्यान फिल्म प्रदर्शनमा केन्दि्रत छ । पछिल्लो समय ‘हिम्मतवाली’ नाम राखेर फिल्म बनाएकी रेखाले सुटिङ सुरु भएको पहिलो हप्ता निर्देशक श्याम भट्टराईलाई हटाएर आफै निर्देशक भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment