Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १४ पक्राउ

८ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका उपकुलपतिसहित १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उपकुलपति प्रा।डा। पदमलाल देवकोटा, रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कँणेल, सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदका सदस्य डा. केशर सिं राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरन्जा र शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य रहेका छन् ।

यस्तै उप-प्राध्यापकहरू गणेशबहादुर रावत र सुधन गौली, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासकहरूस जीवन कुमार थापा र गगन सिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसी पनि पक्राउ परेका छन् ।

उनीहरूले विश्वविद्यालयको कोषको रकम हिनामिना गरी अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणबाट देखिन आएको अख्तियारले जनाएको छ ।
ईन्जिनियरिङ संकायका डीन प्रा।ई। रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल के।सी। भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment