Comments Add Comment

अमेरिकी भिसा पाउन ३५ लाख !

९ भदौ, काठमाडौं । अमेरिकाको भिसाका लागि एक व्यक्तिले ३५ लाख रुपैयाँसम्म खर्च गरेको खुलेको छ । यसरी रकम बुझाउने तनहुँकी बालकुमारी रेग्मी अध्यागमनको हिरासतमा पुगेकी छन् ।

अमेरिका छिर्न रेग्मीले ३५ लाख रुपैयाँ बुझाएपछि भिसा त पाइन्, तर अमेरिका उड्न सकिनन् । ठगको एक गिरोहले अमेरिकाको भिसा मिलाइदिने भन्दै उनीसँग पैसा लिएको हो । पैसा लिएपछि गिरोहले भारतमा पुगेर भिसा पनि लगाइदियो, तर भिसा नक्कली रहेको नयाँ पत्रिकामा खबर छ ।

अमेरिकी सपना बोकेर विमानस्थल पुगेकी रेग्मीलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेको थियो । १३ दिनसम्म हिरासतमा बसेर उनी धरौटीमा छुटेकी छिन् । नक्कली भिसा प्रयोग गरेको आरोपमा अध्यागमनले उनलाई थुनामा राखेको हो ।

रेग्मीलाई ठगी गर्ने मुख्य नाइके जेल चलान भएका छन् । सिन्धुपाल्चोकका नरेन्द्र पण्डित, उनकी श्रीमती शोश्तिा पन्तले रेग्मीलाई ठगी गरेका हुन् । पण्डितलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि जेल चलान गरेको छ भने उनकी श्रीमती शोश्वितालाई पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment