Comments Add Comment

एक वर्षमा साढे १२ अर्बको चामल आयात

९ भदौ, काठमाडौं । कृषि प्रधान मुलुक नेपाल चामलमा समेत विदेशी मुलुकसँग निर्भर हुनुपरेको छ । नेपालले भारतबाट ठूलो परिमाणमा चामल आयात गरेर आन्तरिक माग पूर्ति गर्दै आएको छ ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार चामलको आयात हरेक वर्ष अप्रत्याशित रुपमा बढ्दै गइरहेको छ । भर्खरै Riceसम्पन्न आर्थिक वर्ष २०७०/०७१ मा भारतबाट १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जुन अघिल्लो वर्षको आयात भन्दा ४६.४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा भारतबाट ८ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । आव २०६८/०६९ को तुलनामा यो आयात ९८.२ प्रतिशत बढी हो । सो अवधिमा भारतबाट ४ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको चामल आयात भएको राष्ट्र बैंकले जनाएको छ ।

मागको तुलनामा उत्पादन वृद्धि हुन नसकेपछि चामलको आयात वृद्धि भएको हो । समिक्षा वर्षमा मौसमले साथ दिएपछि धानको उत्पादन बढेको थियो । धानको उत्पादन वृद्धि हुँदा समेत आयात बढ्नुले विकराल अवस्थाको संकेत गरेको विज्ञहरु बताउँछन् ।

यदि केही गरि मौसम प्रतिकुल भएर धानको उत्पादन घट्यो भने चामलको आयात दोब्बर हुने अनुमान गर्न सकिन्छ । कृषि पेशा त्यागेर किसानहरु विदेश पलायन हुनु, जमिन केही व्यक्तिको अधिनमा रहनुले पनि उत्पादन सोचेजती वृद्धि हुन सकेको छैन् ।

त्यसो त पछिल्लो समय नेपालीहरुमा उत्पादन गर्नेतर्फ भन्दा पनि विदेशबाट भित्रिएको रेमिट्यान्सले किनेर खाने प्रचलन बढेको पाइन्छ । गाउँमा समेत मानिसहरु खेतीपाती गर्न छाडिसकेको देखिन्छ । उर्वर भूमि घरहरुले ढाकिसकेका छन् ।

अझै पनि नेपाली कृषि प्रणाली परम्परागत ढाँचाबाट चलिरहेको छ । कृषिमा आधुनिकीकरण गर्न नसक्दा पनि उत्पादन बढाउन नसकिएको कृषि विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment