Comments Add Comment

पत्रकार अनीता पनि गायिका बनिन्

anita-binduकाठमाडौ । दिनहुँ जसो नेपाल टेलिभिजनमा समाचार बाचन गर्ने अनीता बिन्दुलाई धेरैले चिनेका होलान् ।
समाचारवाचिकाको परिचय बनाएकी अनीताले यसपाली आफ्नो परिचयलाई फराकिलो बनाएकी छिन् । उनी यसपालीको तीजमा गायिकाको रुपमा चिनिने भएकी छिन् ।
सबैले लाउँछन् नथिया नाकमा
म मन पराईन लाईन बरिलै…
भन्दै तीज गीतमा स्वर दिएकी अनीताले गीत गाएको यो नै, पहिलो अनुभव भने होईन । दुई वर्ष अगाडी जलु गुरुङसंग ‘भोली त माईत जाउँला’ शीर्षकमा तीजको गीति एल्बम बजारमा ल्याएकी थिईन् उनले ।
लोकनाथ सापकोटाको शब्द र लयमा स्वर दिएकी अनीता सानैदेखी लोकगीतमा रुचि राख्थिन् । स्कुल पढ्दा केही कार्यक्रममा सहभागी भएर पुरस्कार समेत पाएकी थिईन् ।
तीज गीतमा पछिल्लो समय केही शब्द संकलक उत्ताउलो भएको अनुभव गरेकी अनीता तीजको गीतमा मौलिक शब्द नै हुनुपर्ने मान्यता राख्छिन् ।
तर, तीज गीतमा पुरुषहरुको उपस्थिती बढेकोमा भने कुनै गुनासो छैन । पुरुषको उपस्थितीले चाडलाई साझा बनाउन सहयोग गर्छ जस्तो लागेको छ उनलाई ।
तीजमा अनावश्यक खर्च गर्ने प्रबृत्ति राम्रो लाग्दैन उनलाई । केही साथीभाईले दर खान निम्तो गरिसकेका छन् उनलाई । सामान्य पारामा तीज मनाउदै आएकी अनीता माईती जाने योजनामा छिन् ‘दाईहरुले निम्ता गरिसक्नु भएको छ । दर खान जान्छु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment