+
+

दिलदार सलमान: बहिनीलाई अपार्टमेन्ट, करिनालाई बिएमडब्लु कार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते ८:५५

 

salman-and-arpitaमुम्बई । अभिनेता सलमान खानले आफ्नो बहिनी अर्पितालाई थ्री वीएचको एक अपार्टमेन्ट उपहार दिने योजना बनाएका छन् ।
सन् २०१५ मा बिबाहको तायारीमा रहेकी अर्पिताका लागि सलमानले उपहार दिने तयारी गरेपछि उनको उपहारका विषयमा टीका टिप्पणी सुरु भएको छ बलिउडमा ।
सलमानको भनाइ अनुसार उपहार दिने र लिने चलनले एक अर्काको सम्बन्ध हार्दिक बनाउँछ । तर, बलिउडकर्मीहरुले यही उपहारलाई प्रतिष्ठाको बिषय बनाएका छन् । सलमान उपहार दिने मामलामा अलि बढि उदार मानिन्छन् ।
आफु सामेल भएको पार्टीमा त आफै उपहार दिन्छन् नै, काम विषेशले कार्यक्रममा उपस्थित हुन सकेनन् भने पनि उपहार पठाउने गरेका छन् उनले । रितेश देशमुख र जेनेलिया डिसुजाको बिबाहमा उनी उपस्थित हुन सकेनन् तर, ‘स्पेशल होलीडे प्याकेज’ उपलब्ध गराए ।
सलमानको महंगो उपहार लिने अर्कि नायिका हुन् करिना कपुर । ‘दबंग -२’ मा एउटा गीतमा विषेश नृत्य गरेकी करिनाले पारिश्रमिक लिन मानिनन् । त्यो बापत उनले बीएमडब्लु कार उपहार दिएका थिए । त्यसो त रणबीर कपुरलाई पनि उनकै हजुरबुबा राजकपुरको पेन्टिङ उपहार दिएका थिए सलमानले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?