Comments Add Comment

व्युटीपार्लरले बढायो मेकअप समानको आयात

Cosmetic-goods

१० भदौ, काठमाडौं । नेपालीहरु आफ्नो सुन्दरताप्रति सचेत हुन थालेपछि कस्मेटिक्स समानको प्रयोग बढ्न थालेको छ । जसले गर्दा विभिन्न मुलुकबाट कस्मेटिक्स समान आयात गर्ने क्रम उच्च गतिमा बढेको छ ।

गत आर्थिक वर्षमा २ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ बराबरको कस्मेटिक्स समान आयात भएको राष्ट्र बैंकले जनाएको छ । जुन आयात अघिल्लो आवको तुलनामा ६३ करोड रुपैयाँले बढी हो । सो वर्ष २ अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कस्मेटिक्स समान आयात भएको थियो ।

सुन्दरतामा चासो

‘मानिसहरु आफ्नो आउट लुकमा विशेष ध्यान दिन थालेका छन्, जसले गर्दा व्युटीटपार्लर तथा हृयान्डसमपार्लर धाउनेहरुको संख्या बढिरहेको छ’ वरिष्ठ व्युटीसियन कमला श्रेष्ठले भनिन्- ‘यहि कारण विदेशी मुलुकबाट कस्मेटिक्स समानको आयात बढ्न थालेको हो ।’

नेपालमा खासगरी भारत, चीन, जापान, थाइल्यान्ड,  कोरिया लगायतका मुलुकहरुबाट कस्मेटिक्स समान आयात गरिन्छ । यसमा आधाभन्दा बढी हिस्सा भारतीय ब्रान्डका कस्मेटिक्स समानको रहेको छ ।

व्युटीपार्लर धाउने बढे

‘कुनै पार्टी, भोज भतेर तथा ग्यादरिङमा जानुपर्‍यो भने महिलाहरु व्यूटिपार्लर आउँछन्, महिलाहरु अरुभन्दा राम्री भएर प्रस्तुत हुन खोज्छन्’ व्युटीसियन श्रेष्ठले भनिन्- ‘व्युटीपार्लरहरुले नै कस्मेटिक्स समानको बजार बढाइदिएका हुन् ।’

शहरका मात्र नभई दुर दराजमा रहेका नेपालीहरुले पनि कस्मेटिक्सको प्रयोग बढाउन थालेको पाइन्छ । ‘गाउँगाउँसम्म व्युटीटपार्लर खुलेका छन्, टेलिभिजन पुगेका छन्, जसले आम मानिसलाई आफ्नो सौन्दर्यप्रति बढी सचेत बनाउन सफल भएका छन्’ श्रेष्ठको भनााई छ ।

IMG_8565

को-को धाउँछन् पार्लर

व्युटीसियन श्रेष्ठका अनुसार भान्छामा सिमित रहने महिलाहरुदेखि विद्यार्थी, व्यवसायी, कर्मचारी, कलाकार, सञ्चारकर्मी लगायत सबैले कस्मेटिक्स प्रयोग गर्ने गर्छन् । भोलीका दिनमा कस्मेटिक्स प्रयोग झनै बढ्ने उनको बुझाई छ ।

गत वर्ष भारतबाट भारतीय कस्मेटिक्स वस्तुहरुको आयात ३३.२ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको आयात २५.४ प्रतिशतले बढेको छ । यस अवधिमा भारतबाट १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ बराबरको कस्मेटिक्स समान आयात भएको छ भने अन्य मुलुकहरुबाट १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ बराबरको कस्मेटिक्स वस्तुहरु आयात भएको छ ।

के-के भित्रिन्छन्

नेपालमा विदेशबाट स्टेट लोसन, हेयर कलर, कलर कस्मेटिक्स, मेकअप प्रोडक्ट, फेसियल प्रोडक्ट, बोडी केयर प्रोडक्ट, हेयर केयर प्रोडक्ट, नेल सम्बन्धी प्रोडक्टहरु बढी मात्रामा आयात हुने गरेको व्युटीसियन श्रेष्ठ बताउँछिन् । यी समानहरु अन्य समानको तुलनमा महंगो समेत हुने गर्छन् ।

स्वदेशी प्रोडक्टमा नाक खुम्चाउँछन्

नेपालमा पनि कस्मेटिक्स सामानहरु उत्पादन गर्ने सम्भावना भएपनि बजार नभएको कमला श्रेष्ठको भनाई छ । ‘नेपाली प्रोडक्ट भनेपछि ग्राहकहरु नाक खुम्चाउन थाल्छन्’ उनले प्रश्न गरिन्- ‘यस्तो अवस्थामा स्वदेशमा कसरी उत्पादन गर्न सकिन्छ ?’
यस्ता वस्तुहरु उत्पादन गर्न यहाँ लगानी र विद्धताको अभाव नरहेको श्रेष्ठको दाबी छ । कतिपय कम्पनीहरुले अहिले पनि यस्ता वस्तुहरु उत्पादन गरिरहेका छन् । उनीहरुलाई स्थापित हुन निकै ठूलो संघर्ष गरिरहनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment