Comments Add Comment

जीवन बीमा कम्पनीले नाफा बढाए, कसको कति ?

१० भदौ काठमाडौं । जीवन वीमा कम्पनीहरूले उल्लेख्य नाफा बढाएका छन् । आर्थिक वर्ष ०७०/०७१ मा बजार बृद्धिको तुलनामा कम्पनीहरूको नाफा बढेको छ । देशभर आठ जीवन वीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वीमा संस्थानले भने गत आर्थिकको वित्तीय विवरण सार्वजानिक गरेको छैन ।

वित्तीय विवरण सार्वजानिक गर्ने सात कम्पनीहरुको नाफा तथा वित्तीय अवस्था यस्तो छ-
नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ । गत वर्ष कम्पनीले ५ अर्ब ६७ करोड रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल जीवन वीमा कोष १७ अर्ब २५ करोड रुपैयाँ छ । कम्पनीले १८ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ ।  दीर्घकालीन लगानी र सेयर बजारमा भएको मूल्य वृद्धिले कम्पनीलाई उत्साहजनक लाभ मिलेको कम्पनीले जनाएको छ ।
लाइफ इन्स्योरेन्स
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले गत आर्थिक वर्षमा २७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ वीमाशुल्क आर्जन गरेको छ । चुक्ता पुँजी ६५ करोड ८१ लाख रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ९२ लाख रुपैयाँ छ ।
नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष १४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पँुजी ७८ करोड ४३ लाख रुपैयाँ छ । २ लाख ८७ हजार वीमालेख जारी गरी कुल २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो बर्षको भन्दा ३२ करोड रुपैयाँले बढी हो ।
प्राइम लाइफ
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा कम्पनीले कम्पनीले १ अर्व २२ लाख रुपैयाँ वीमाशुल्क आर्जन गरेको छ ।  कम्पनीको चुक्ता पुँजी ४८ करोड ८१ लाख रुपैयाँ छ ।
सूर्या लाइफ
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । गत वर्ष कम्पनीले ४१ करोड ५९ लाख रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पँुजी ५० करोड रुपैयाँ छ ।
एसियन लाइफ
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्ष २ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले ५ अर्व ९४ करोड रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी ५२ करोड १२ लाख रुपैयाँ छ ।
गुराँस लाइफ
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७०/७१ मा २ करोड ९ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले १ अर्व ४७ करोड रुपैयाँ वीमा शुल्क आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment