Comments Add Comment

अर्थमन्त्रीले भने-आर्थिक एजेण्डा अघि नबढाई मुलुकले फड्को मार्दैन

१० भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक् एजेण्डालाई अघि नबढाएसम्म मुलुले फड्को नमार्ने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा काभ्रेको महादेवस्थानमा आयोजित बीपी जन्म शताब्दीसम्वन्धी कार्यक्रममा महतले संसारले लिएको गति नेपालले समात्नुपर्ने बताए । ‘देशभित्र भएको सीप, सिर्जना, मेहनत र समर्पणको भावनाले काम गरेमा मात्र मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ’ उनले भने-अब राजनीतिक भाषणबाजी, सस्ता प्रचार र चिप्ला कुराको काम छैन ।

Ram Sharan Mahatनेपालको भौगोलिक विविधता अनुसार कृषि क्षेत्रबाट ठूलो फड्को मार्ने संभावना रहेको बताउँदै कृषि क्षेत्रको विकासका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको जीकीर गरेे ।

कृषिपछि पर्यटन क्षेत्रले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गर्ने संभावना रहेको बिचार व्यक्त गर्दै महतले भने -नेपालका रमणिय ठाउँहरु घुम्न आउने पर्यटकलाई स्थानीय खेतवारीमा उमे्रको खाद्यबस्तु उपभोग गर्ने वातावरण बनाउन सकेमात्रै कृषि र पर्यटनको अन्योन्याश्रति सम्वन्धले रोजगारी सिर्जना, आर्थिक विकास र प्रगति हुनसक्छ ।

मुलुकमा अपार जलभण्डार रहेको चर्चा गर्दै अर्थमन्त्री डा महतले त्यसको सदुपयोगमा ढिलाई गर्न नहुनेमा जोड दिए । पानी उपयोग बिना खेर जानु भनेको नेपालको ठूलो नोक्सानी भएको उनले बताए । ‘बर्तमान सरकार पानीको चौतर्फी सदुपयोगका लागि प्रयत्नरत र सक्रिय छ, अव पानी सदुपयोगमा अनावश्यक राजनीति गर्नुहुदैन’ उनले भने ।
पाँचखालमा कृषि लगायतका क्षेत्रको प्रशोधन, प्याकेजिङ र निर्यातको काम हुने औद्योगिक पार्क स्थापनाका लागि आफूले प्रयास गरिरहेको महतले जानकारी दिए । यो औद्योगिक पार्क आधुनिक शहरीकरणसहितको पूर्ण प्याकेज हुने उनले बताए । बीपीले पनि उत्पादन बृद्धिमा जोड दिएको बताउँदै मन्त्री महतल आर्थिक उन्नतिको कुनै विकल्प नरहेको बताए ।

सो अवसरमा महतले काभ्रेकै श्रीदेबी पञ्चकन्या बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनको शिलान्यास पनि गरे । काभ्रेमै आयोजित अर्को एक कार्यक्रममा उनले भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स स्थानीय रेडक्रस संस्थालाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment