१० भदौ, काठमाडौं । दूरञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट सेलले ग्राहक बढाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत ग्राहकहरुले ९९ रुपैयाँ २५ रुपैयाँ व्यालेन्स भएका दुईवटा सिम प्राप्त गर्नेछन् । जुन सिमबाट आपसमा कुराकानी गर्दा प्रतिमिनेट २५ पैसामात्र लाग्नेछ ।
कम्पनीले हरेक सय रुपैयाँ रिचार्जमा स्मार्ट नेटवर्कभित्र सय रुपैयाँ र अन्य नेटवर्कमा ५० रुपैयाँ बराबरको टकटाइम उपलब्ध गराउने भएको छ । साथै, स्मार्ट नेटवर्कभित्र ५० वटा एसएमएसको सुविधा पनि प्राप्त हुनेछ ।
कम्पनीले यसको अलवा बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मको समयलाई स्मार्ट रात्रीकल नामाकरण गरि स्मार्ट नेटवर्कभित्र प्रतिमिनेट पच्चीस पैसा र अन्य नेटवर्कमा एक रुपैयाँमा कल गर्न पाइने व्यवस्था गरेको छ । माथिका सबै रेटहरु कर बाहेक रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4